काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र आयुर्वेद चिकित्सालय नरदेविको प्रमुखको जिम्मेवारी हेरफेर गरिएको छ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा डा सन्तोष कुमार ठाकुर नियुक्त भएका हुन्। डा राम आधार यादव प्रमुख थिए। उनलाई सरुवा गरेर मन्त्रालयमा ल्याइएको छ ।
आयुर्वेद चिकित्सालय नरदेविको निर्देशकमा डा. वासुदेव उपाध्याय नियुक्त भएका हुन्। उनी प्रमुख हुनुअघि डा रामदेव यादव निमित्त निर्देशक थिए। डा उपाध्याय ११ औं तहका हुन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको जिम्मेवारी दिएका हुन्।
सामाग्री श्रोत :
swasthyakhabar

