२०८२ असार १० मंगलवार
२०८२ असार १० मंगलवार

अबको दुई सातामा सामसङको ‘अनप्याक्ड इभेन्ट’, आउला त तीन पल्ट फोल्ड गर्न मिल्ने स्मार्टफोन ?

काठमाडौँ । स्मार्टफोन निर्माता कम्पनी सामसङले आगामी ९ जुलाईमा आफ्नो ‘ग्यालेक्सी अनप्याक्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा नेपाली समय अनुसार राति राति ७ः४५ बजे सुरु हुनेछ ।

कम्पनीको भनाइअनुसार, एआई तीव्र रूपमा नयाँ युजर इन्टरफेसमा परिणत हुँदैछ, जसले प्रविधिसँगको हाम्रो सम्बन्धलाई पुनः परिभाषित गर्नेछ । यसको अर्थ अबका स्मार्टफोन केवल एप र डिभाइस मात्र नभई प्रयोगकर्ताको मनसाय बुझ्ने र वास्तविक समयमा प्रतिक्रिया दिने ‘स्मार्ट साथी’ मा विकसित भइरहेका छन् ।

सामसङले औपचारिक रूपमा सार्वजनिक गर्ने डिभाइसहरूको नाम भने खुलाएको छैन । तर बजार चर्चा अनुसार अनप्याक्ड इभेन्टमार्फत ग्यालेक्सी जेड फोल्ड ७, ग्यालेक्सी जेड फ्लिप ७, ग्यालेक्सी जेड फ्लिप ७ एफई, ग्यालेक्सी वाच ८ सिरिज र नयाँ ग्यालेक्सी वाच अल्ट्रा आउने अपेक्षा गरिएको छ ।

सामसङले जारी गरेको टिजर भिडिओको अन्त्यमा ‘अल्ट्रा अनफोल्ड’ (Ultra Unfolds) भन्ने वाक्यांश देखाइएको छ । जसले फोल्डिङ अल्ट्रा फोनको सम्भावनातर्फ समेत सङ्केत गरेको छ । सामसङले आफ्नो घोषणामा ‘ग्यालेक्सी इकोसिस्टममा थपिएका नयाँ भर्सन’लाई लिएर समेत सङ्केत दिएको छ । जसले बहु प्रतीक्षित ‘ट्राइ-फोल्ड’ अर्थात् तीन पटक पट्याउन मिल्ने फोनको बारेमा पनि कुरा हुन सक्ने सम्भावनालाई जोड दिन्छ । यद्यपि, तत्काल यो फोन सार्वजनिक हुने सम्भावना भने न्यून रहेको आँकलन गरिएको छ ।

ब्रुकलिनलाई ‘दूरदर्शी सोच र बोल्ड आइडियामार्फत भविष्यलाई आकार दिने’ स्थानको रूपमा वर्णन गरिएको छ । त्यसै अनुरूप सामसङले यसै स्थानमा आफ्ना नयाँ ग्यालेक्सी उत्पादनहरू सार्वजनिक गर्न लागेको हो । यो कार्यक्रम सामसङको आधिकारिक वेबसाइट, सामसङ न्युज रुम र सामसङको युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।

नयाँ डिभाइसका लागि प्रि-अर्डर रिजर्भ गर्ने प्रयोगकर्ताहरूलाई ५० अमेरिकी डलरको क्रेडिट उपलब्ध गराइनेछ, जुन सामसङ डट कममा प्रयोग गर्न सकिनेछ । यसले ग्राहकहरूलाई नयाँ फोल्डेबल डिभाइस खरिद गर्न प्रोत्साहन गर्ने देखिन्छ । 

पछिल्लो अध्यावधिक: असार १०, २०८२ १७:१३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट