२०८२ असार ११ बुधबार
२०८२ असार ११ बुधबार

मेटाले नेपाललाई हेप्यो, सार्वभौमसत्तामाथि नै प्रश्न उठायो: सञ्चार मन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनी मेटा (फेसबुक) लगायतका कम्पनीले नेपाललाई हेपेको र देशको सार्वभौमसत्तामाथि नै प्रश्न उठाएको आरोप लगाएका छन् । मंगलबार संसदमा आफ्नो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले पटक-पटकको आग्रहपछि पनि ठुला सामाजिक सञ्जाल सञ्चालक कम्पनी दर्ता प्रक्रियामा आउन अटेर गरेको सुनाए ।

मन्त्रालयले  तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा पनि ती कम्पनीहरूले बेवास्ता गरेको उनको भनाइ थियो । मेटाका प्रतिनिधिहरूले ‘तिमीहरूको देशमा सामाजिक सञ्जाल नियमन गर्ने विधेयक नै छैन’ भन्दै आलोचना गर्ने गरेको उनले सुनाए ।

“म दुःखका साथ के भन्न चाहन्छु भने, तिनीहरूले हाम्रो देशलाई एउटा सोभरेन कन्ट्रीको रुपमा पनि नमान्ने, हामीलाई हेपेर बोल्ने, तिमीहरूको देशमा सोसल मिडियालाई नियमन गर्ने विधेयक पनि नभएको जस्ता आलोचनाहरू गरेर बसिरहेको कारणले गर्दा खेरि अहिले हामी त्यसको अध्ययन गर्दैछौं,” उनले भने । 

विद्यमान कानुनी कमजोरीको फाइदा उठाउँदै मेटासहितका कम्पनीहरू दर्ता प्रक्रियाबाट पन्छिन खोजेको मन्त्री गुरुङको आरोप थियो ।

हाल नेपालमा ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८०’ मात्रै कार्यान्वयनमा छ । यसैको आधारमा सरकारले टिकटकलाई बन्द गरेको र पछि दर्ता प्रक्रियामा आएपछि पुनः सञ्चालन अनुमति दिएको थियो । तर, अन्य ठुला प्लेटफर्मले निर्देशिकालाई पर्याप्त नठानेको मन्त्रीको गुनासो छ । यही समस्या समाधान गर्न सरकारले सामाजिक सञ्जाल विधेयक संसदमा पेस गरिसकेको उनले जानकारी दिए ।

मन्त्री गुरुङले दर्ता नहुँदा ती प्लेटफर्ममा आउने सामग्रीको अनुगमन, मोडेरेसन र फिल्टरेसन गर्न नसकिएको बताए । दर्ता भएर ‘पोइन्ट अफ कन्ट्याक्ट’ तोकिएको भए आपत्तिजनक सामग्री हटाउन र नियमन गर्न सहज हुने उनको भनाइ थियो ।

मन्त्री गुरुङले नेपालको कानुन नमान्ने र नियममा नआउने सामाजिक सञ्जाललाई सरकारले कारबाही गर्ने चेतावनी दिए । “नेपालको कानुन नमान्नेहरू, नियम नमान्नेहरू, सरकारसँग कम्प्लाई नगर्नेहरूलाई सधैँ माया गरिराख्नुपर्छ भन्ने छैन, त्यसलाई हामी व्यवस्थापन गर्छौं,” उनले भने ।

पछिल्लो अध्यावधिक: असार १०, २०८२ १६:२३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट