२०८२ असार ११ बुधबार
LATEST NEWS
२०८२ असार ११ बुधबार

कमलादीको नियो स्टोरमा स्टक क्लियरेन्स सेल चल्दै, ४० प्रतिशत छुटमा ल्यापटप किन्न मिल्ने

काठमाडौँ । काठमाडौँको कमलादीस्थित नियोस्टोरमा सोमबारदेखि विशेष सेल सुरु भएको छ । ‘एक्सक्लुसिभ सेल, क्लोजिङको बेला, नियो कमलादीमा मेला’ नाम दिइएको उक्त सेलमा आकर्षक अफरहरू उपलब्ध छन् ।  

मेला अवधिभर एसुस ब्रान्डको ल्यापटप ४० प्रतिशत छुटमा खरिद गर्न सकिनेछ । अफिस, कलेजदेखि एडिटिङ र गेमिङका लागि उपयुक्त एसुस ल्यापटप स्टोरमा रहेका छन् । जसमा भिभोबुक १४ तथा १५ सिरिज, टीयूएफ गेमिङ, रग स्ट्रिक्स लगायतका मोडेल उपलब्ध छन् ।

स्टक क्लियरेन्स सेलका क्रममा पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पर्ने प्रिमियम ल्यापटप एसुस जेनबुक फोल्ड १७ केवल तीन लाख ५० हजार रुपैयाँमै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यतिमात्र नभएर हरेक ल्यापटपको खरिदमा ४० हजार रुपैयाँसम्मका फ्रिबड्स पनि अफरमा राखिएका छन् । २५ भन्दा बढी मोडेलमा उपलब्ध यो छुट अफर सीमित अवधिसम्म मात्र प्राप्त गर्न सकिनेछ ।

यस क्रममा ल्यापटप खरिद गर्दा दुई वर्षको वारेन्टी तथा एक वर्षको बीमा सुविधा पनि पाउन सकिनेछ । साथै नियो स्टोरले शून्य प्रतिशत ईएमआईमा ल्यापटप खरिद गर्ने विकल्प समेत दिइरहेको छ । 

 

पछिल्लो अध्यावधिक: असार १०, २०८२ १४:४८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट