२०८२ असार १० मंगलवार
LATEST NEWS
२०८२ असार १० मंगलवार

साथीसँग च्याट गरेजस्तै ह्वाट्सएपबाटै यसरी चलाउन सकिन्छ च्याटजीपीटी

काठमाडौँ । ओपनएआईले केही समय अघिदेखि ह्वाट्सएप मार्फत च्याटजीपीटीसँग च्याट गर्न सकिने सुविधा दिँदै आएको छ । अझ अमेरिकामा हुनुहुन्छ भने त झन् सोझै 1-800-CHATGPT मा कल गर्न पनि सकिन्छ । 

यसका लागि ओपनएआईको रियलटाइम एपीआई र जीपीटी-फोरओ मिनी (GPT-4o mini) प्रयोग गरिएको छ । यो सुविधा वेबमा आधारित च्याटजीपीटीको सरलीकृत भर्सन हो । खासगरी यसले नवआगन्तुकहरूका लागि एआईको पहुँच अझ सहज बनाउने अपेक्षा राखेको छ । थप फिचर चाहने प्रयोगकर्ताहरूले भने च्याटजीपीटीकै एप वा वेबसाइटमा जानुपर्ने हुन्छ । 

के हो 1-800-ChatGPT ?

ओपनएआईले परीक्षणको रूपमा सञ्चालनमा ल्याएको सेवा हो, 1-800-ChatGPT । यसले प्रयोगकर्तालाई बिना अकाउन्ट ह्वाट्सएपमार्फत च्याटजीपीटी प्रयोग गर्ने सुविधा प्रदान गर्छ । तपाईँ अमेरिका वा क्यानडामा हुनुहुन्छ भने 1-800-CHATGPT (1-800-242-8478) मा फोन गर्न पनि सक्नुहुन्छ । ह्वाट्सएपबाट च्याटजीपीटीलाई मेसेज गर्न सकिने सुविधा भने विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध छ । 

ह्वाट्सएप प्रयोगकर्ताले च्याटजीपीटीमा च्याट गर्ने, तस्बिर बनाउने वा सम्पादन गर्ने, भोइस नोट पठाउने र वेबबाट ताजा जानकारी प्राप्त गर्ने सुविधाहरू पाउन सक्छन् । ह्वाट्सएपमा च्याटजीपीटीका लागि हरियो टिकमार्क भएको भेरिफाइड ब्याज राखिएको छ । 

ह्वाट्सएपबाट कसरी प्रयोग गर्ने च्याटजीपीटी ?

तपाईँ ह्वाट्सएपबाट 1-800-242-8478 नम्बरमा मेसेज पठाएर च्याटजीपीटीसँग च्याट गर्न सक्नुहुन्छ । अझ सजिलो उपाय चाहनु हुन्छ भने यहाँ क्लिक  गर्न वा यो तलको क्यूआर कोड स्क्यान गर्न पनि सकिन्छ ।

यदि तपाईँले पहिलेदेखि नै च्याटजीपीटी चलाइरहनु भएको छ र उक्त अकाउन्ट  (निःशुल्क, प्लस वा प्रो) लाई ह्वाट्सएपमा जोड्न चाहनुहुन्छ भने त्यो विकल्प पनि ओपनएआईले दिएको छ । एक पटक लिमिट पूरा भएपछि तपाईँलाई च्याटजीपीटीले नै अकाउन्ट लिङ्क गर्न प्रोत्साहित गर्छ । यसबाहेक तपाईँले 1-800-ChatGPT को कन्ट्याक्ट प्रोफाइलमा गएर वा यहाँ क्लिक गरेर पनि ह्वाट्सएपमा आफ्नो च्याटजीपीटी अकाउन्ट लिङ्क गर्न सक्नुहुन्छ । अकाउन्ट लिङ्क हुने बित्तिकै तपाईँको ह्वाट्सएप नम्बर र च्याट हिस्ट्री तपाईँको च्याटजीपीटी अकाउन्टमा अकाउन्टमा समावेश हुनेछ ।

याद राख्नुहोस्, एकपल्ट आफ्नो च्याटजीपीटी अकाउन्ट ह्वाट्सएपमा लिंक गरिसकेपछि हाललाई अनलिंक गर्न भने सक्नुहुन्न । यस्तोमा तपाईँले ह्वाट्सएपको कन्ट्याक्टबाट च्याटजीपीटीलाई ब्लक गर्न वा डिलिट गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार १०, २०८२ १४:२७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट