२०८२ असार ११ बुधबार
२०८२ असार ११ बुधबार

विदेशस्थित दूतावासमा फोन नउठे अब सिधै नेपालको कल सेन्टरमा फरवार्ड हुने‍

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशस्थित नेपाली दूतावासहरूमा फोन गर्दा नउठ्ने गुनासोलाई सम्बोधन गर्न नयाँ प्रविधि प्रयोग गर्न लागेको बताएका छन् । निश्चित समयसम्म दूतावासमा फोन नउठे उक्त कल स्वतः नेपालमा रहेको कल सेन्टरमा ‘आईपी बेस्ड फोन’ मार्फत फरवार्ड हुने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए ।

मंगलबार संसदमा आफ्नो मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भण्डारीले यो व्यवस्थाले विदेशमा समस्यामा परेका नेपालीलाई ठुलो राहत मिल्ने विश्वास व्यक्त गरे ।

“कैयौँ बाहिर रहेका नेपालीहरुको गुनासो छ, त्यहाँका एम्बेसीहरुमा फोन उठ्दैनन्,” भण्डारीले भने, “त्यसको लागि हामीले एआई र इन्टेलिजेन्सलाई युज गर्दैछौं ।” उनले दूतावासमा फोन नउठ्दा विदेशमा रहेका नेपालीले भोग्नुपरेको समस्यालाई अन्त्य गर्न यो प्रणाली प्रभावकारी हुने बताए ।

यो नयाँ व्यवस्था राष्ट्रिय श्रम बजार सूचना प्रणाली (लेबर मार्केट इन्फर्मेसन सिस्टम) अन्तर्गत लागु गर्न लागिएको हो । यस प्रणालीमा एआई, मसिन लर्निङ जस्ता नयाँ प्रविधि प्रयोग गरी स्वदेश तथा विदेशमा रहेका नेपालीलाई एकीकृत श्रम तथा रोजगार सेवा प्रदान गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे ।

“दूतावासमा फोन उठेन भने निश्चित समयपश्चात त्यो कल नेपालस्थित कल सेन्टरमा आईपी बेस्ड फोन मार्फत फरवार्ड हुने व्यवस्था मिलाउन लागेको जानकारी म सम्मानित संसदलाई दिन चाहन्छु,” उनले भने । 

श्रमसम्बन्धी जानकारी प्रवाहका लागि ‘श्रम सञ्चार’ पोर्टललाई मोबाइल एपको रूपमा विकास गरिएको बताउँदै उनले सीपयुक्त श्रमिक उत्पादन गर्न मागअनुसारको तालिम सञ्चालन गरिने बताए ।

पछिल्लो अध्यावधिक: असार १०, २०८२ १३:२२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट