काठमाडौँ । युट्युबमा भिडिओ राखी एक महिलाको चरित्र हत्या गरेको आरोपमा ५६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, महाराष्ट्र प्रदेश, थाने कश्मीरी रोड घर भएका गोपालप्रसाद खडानन्द गौली रहेका छन् ।

ब्युरोका अनुसार कामको सिलसिलामा गौली र पीडित भनिएकी महिलाको चिनजान भएपछि सामाजिक सञ्जाल फेसबुकमा साथी बनेका थिए । त्यसपछि मेसेन्जरमा कुराकानी हुने गरेका उनीहरूले प्रत्यक्ष भेटघाटका क्रममा फोटो समेत खिचेका थिए । तर तिनै फोटोलाई भिडिओ बनाएर युट्युबमा राखेर चरित्र हत्या गरेको आरोप गौलीमाथि लागेको छ ।
ब्युरोको टोलीले आइतबार काठमाडौँको तिलगङ्गाबाट पक्राउ गरी साइबर अपराधको कसुरमा अदालतको आदेशले म्याद थप गरी आवश्यक अनुसन्धान थालेको छ ।

पछिल्लो अध्यावधिक: असार १०, २०८२ १२:२१
सामाग्री श्रोत :
टेक पाना