२०८२ असार ११ बुधबार
२०८२ असार ११ बुधबार

एसीसी पुरुष यू-१६ : जापानमाथि नेपालको सहज जित

काठमाडौँ– एसीसी पुरुष यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। 

आइतबार सिंगापुरविरुद्ध ६ विकेटको जित निकालेको नेपालले मंगलबार आफ्नो दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको हो।

मंगलबार जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४ दशमलव २ औभरमा मात्र एक विकेट गुमाउँदै सहजै पूरा गर्‍यो। नेपालका लागि शिवांश बजगाईंले नटआउट रहँदै सर्वाधिक ३८ रन बनाए। यस्तै प्रशिद्ध जैशीले पनि नटआउट रहँदै ३३ रन बनाए। सिंगापुरविरुद्ध पनि उनले नटआउट ५५ रन बनाएका थिए। जोय थापा भने एक रनमै आउट भएका थिए। जापानका लागि बलिङमा काइसी कोबायाशीदोग्गेतले एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको जापान ३४ दशमलव ३ ओभरमा अलआउट हुँदै ८० रनमा समेटिएको थियो। जापानका लागि चार्ली हाराहिन्जेले सर्वाधिक ३६ रन बनाउँदा ग्याबी हाराहिन्जेले १३ रन बनाए।

बलिङमा नेपालका शुभम खनालले सर्वाधिक पाँच विकेट लिए। १० ओभर बलिङ गरेका उनले १५ रन मात्र खर्चिएर पाँच विकेट लिएका हुन्। यस्तै अभय यादवले ६ ओभरमा २५ रन खर्चिँदै २ विकेट लिँदा कप्तान विपिन प्रसाद शर्मा र शुसिलबहादुर रावलले एक/एक विकेट लिए।

Ncell 2
Ncell 2

पहिलो खेल आइतबार नेपालले सिंगापुरविरुद्ध ६ विकेटको सानदार जित हात पारेको थियो। 

एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन्। त्यस्तै समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका छन्।

नेपालले तेस्रो खेलमा आइतवार इन्डोनेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ।

हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ। नेपाल प्रतियोगिताको यसअघिका तीनै संस्करणको च्याम्पियन हो।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट