काठमाडौं –नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला दुई हजार एक सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ