२०८२ असार १० मंगलवार
२०८२ असार १० मंगलवार

पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरु भएको छ : मन्त्री पौडेल

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया शुरु भएको बताएका छन्। यसवर्ष झन्डै २५ सय जनशक्ति थप्ने प्रस्ताव चाँडै नै मन्त्री परिषद् पुग्ने बताए। यस वर्ष ७ सय डाक्टर र ९ सय नर्सको लोकसेवाले विज्ञापन खोल्ने उनको दाबी छ।

सोमबार प्रतिनिधिसभामा आफ्नो मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गरेर प्रकृया पूरा गरी मन्त्रिपरिषदमा पेश गर्ने गरी अन्तिम चरणमा रहेको उल्लेख गरेका हुन्। बजेटमार्फत सघन जलनको उपचार, मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर लगायतका विशिष्टकृत सेवाहरु सातै प्रदेशका एक एक संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरी व्यवस्था गरिएको मन्त्री पौडेलले बताए।

पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर  तथा प्रजनन रुग्णता सम्बन्धी स्वास्थ्य सेवा सबै स्थानीयतहमा लागू हुने गरि विनियोजन गरिएको उहाले जानकारी दिनुभयो ।

उनले निर्माण सम्पन्न भएका आधारभूत अस्पतालको तीनै तहको सहकार्यमा संघ सरकारबाट चिकित्सक सहित औजार उपकरण उपलब्ध गराई श्रावण १ गते देखि सञ्चालनमा ल्याइने उल्लेख गरे। 

मन्त्री पौडेलले निर्माणाधीन आधारभूत अस्पतालको सम्पन्नता र निर्माण सुरु नभएका स्थानिय तहमा सुरुवात गर्न रणनैतिक स्थानको म्यापिङ्ग कार्य भैरहेको जानकारी समेत दिए। 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट