२०८२ श्रावण ५ आईतवार
LATEST NEWS
२०८२ श्रावण ५ आईतवार

अब खल्ती वालेटबाटै नियमित बचत गर्न सकिने, न्यूनतम १०० रुपैयाँबाट सुरु

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले मञ्जुश्री फाइनान्ससँगको सहकार्यमा नेपालकै पहिलो वालेट-आधारित आवधिक बचत सेवा ‘स्मार्ट डिपोजिट’ सुरु गरेको छ । डिजिटल माध्यमबाट नियमित बचत गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो सेवा ल्याइएको खल्तीले जनाएको छ । 

यसअन्तर्गत खल्ती प्रयोगकर्ताले न्यूनतम १०० रुपैयाँबाट बचत सुरु गर्न सक्नेछन् । सेवामा दैनिक, साप्ताहिक वा मासिक निक्षेप चक्र (deposit cycle) रोज्न सकिने व्यवस्था गरिएको छ भने ६ महिनादेखि ६० महिनासम्मको समयावधिका लागि योजना छनोट गर्न सकिने कम्पनीले जनाएको छ ।

यस सेवामा बचतमा लाग्ने ब्याज दर मञ्जुश्री फाइनान्सको आवधिक निक्षेप (Recurring Deposit) को ब्याजदरअनुसार हुनेछ । बैंकिङ पहुँचबाहिर रहेका व्यक्तिहरूलाई पनि बचतको सुविधा दिन यो योजना प्रभावकारी हुने खल्तीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असार १०, २०८२ ८:३८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?