२०८२ असार १० मंगलवार
२०८२ असार १० मंगलवार

विज्ञापन रोक्न एड ब्लकर प्रयोग गर्ने प्रयोगकर्तालाई दिक्क पार्दै युट्युब

 

काठमाडौँ । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले विज्ञापन रोक्न ‘एड ब्लकर’ प्रयोग गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ कडा रणनीति अपनाएको छ । पछिल्लो समय विश्वभरका एड ब्लकर प्रयोगकर्ताले युट्युब चलाउँदा भिडिओ ढिलो चल्ने, बफरिङ लामो हुने र साइट नै सुस्त हुने जस्ता समस्या भोगिरहेको गुनासो गरेका हुन् ।

प्रयोगकर्ताका अनुसार सामान्यतया विज्ञापन देखिने समयमा भिडिओ स्वतः ढिलो सुरु हुने वा कालो स्क्रिन देखापर्ने गरेको छ । सोही समयमा स्क्रिनमा ‘के तपाईंले अवरोधको सामना गरिरहनुभएको छ ? कारण पत्ता लगाउनुहोस्’ (Experiencing interruptions ? Find out why) भन्ने मेसेज देखिन्छ । यसले प्रयोगकर्तालाई एड ब्लकर हटाउन प्रेरित गर्ने पेजमा लैजान्छ ।

यो युट्युबको विज्ञापन व्यवसाय जोगाउने र प्रयोगकर्तालाई शुल्क तिरेर ‘युट्युब प्रिमियम’ सेवा लिन बाध्य पार्ने नयाँ कदम हो । यसअघि युट्युबले एड ब्लकर प्रयोगकर्तालाई पप-अप चेतावनी देखाउने वा भिडिओ हेर्नबाटै रोक्ने गरेको थियो । तर, अहिले प्रयोगकर्ताको अनुभवलाई नै खराब बनाएर प्रिमियमतर्फ धकेल्ने रणनीति लिएको देखिन्छ ।

यो समस्या विभिन्न ब्राउजर र डिभाइसहरूमा देखिएको छ । ‘युब्लक ओरिजिन’ र ‘एडगार्ड’ जस्ता एड ब्लकर प्रयोग गर्नेले समेत यो समस्याको पुष्टि गरेका छन् । केही प्रयोगकर्ताले एड ब्लकरको सेटिङ परिवर्तन गरेर अस्थायी समाधान निकाले पनि युट्युबले जानाजानी यस्तो गरिरहेकोमा अधिकांश सहमत छन् ।

युट्युब र एड ब्लकरबिचको यो द्वन्द्व बढ्दै जाँदा प्रयोगकर्ता भने सहज रूपमा भिडिओ हेर्नका लागि आफ्नो एड ब्लकर बन्द गर्ने कि विज्ञापनरहित अनुभवका लागि प्रिमियमको शुल्क तिर्ने भन्ने दुविधामा परेका छन् ।

पछिल्लो अध्यावधिक: असार १०, २०८२ ६:४१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट