२०८२ असार ९ सोमबार
LATEST NEWS
२०८२ असार ९ सोमबार

हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघका नेता/कार्यकर्ताहरू घमण्डी नभएको बताउँदै कसैले पिट्न आए ओम शान्ति भन्दै बस्न पनि नहुने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । युवामा घमण्ड पसेपछि बिग्रने बाटोमा पुग्ने प्रसंग अघि सार्दै प्रधानमन्त्री ओलीले युवा संघले अन्याय नसहने र नगर्ने बताए ।

‘कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रने बाटोमा जान्छ । हाम्रा युवाहरु दम्भी, घमण्डी हुनेछैनन् । क्षमतावान विनयी र शालिन हुनेछन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘गुण्डा हुने छैनन्, बलवान हुनेछन् । कसैले गालामा पिट्न आएमा ओम शान्ति…भनेर चाँही बस्दैनन् । त्यसकारण युवा संघले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ ।’

Ncell 2
Ncell 2

अहिले केहीले अर्थ बिनाका युवा भने उचाल्ने प्रवृत्ति बढ्दै आएको बताउँदै ओलीले कुन तहसम्म युवाले के गर्छ भन्ने कुरा महत्त्वपूर्ण भएको जिकिर गरे । ‘अहिले अर्थविनाको युवा युवा भनेर उचाल्ने प्रवृत्ति छ । जहाँ पनि युवा मात्रै भनेर हुँदैन । कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । दक्षता, सीप र अनुभव आदि कुराहरू चाहिन्छ,’ ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए । युवा संघको काँधमा असाधारण जिम्मेवारी रहेको उनले बताए ।

‘आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ । संघको नेतृत्वले आफ्नो कार्यकालका लागि सिङ्गो योजना बनाओस् । नयाँ इतिहास कायम राखोस् । असाधारण सक्रियताका साथ काम गरोस्,’ प्रधानमन्त्री ओलीले भने ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट