काठमाडौं– आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य वृद्धि भएको छ।

साताको पहिलो कारोबार दिन आइतबार ३३ अंकले गिरावट भए पनि आज ५ अंकले बढेको हो। योसँगै आज सेयर बजार २६०० विन्दुमा पुगेको हो।
यता, सेयर बजारको कारोबार रकममा भारी गिरावट आएको छ। सोमबार ७० हजार ८ सय ३१ पटकको सेयर कारोबारमा १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । आइतबार ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएकामध्ये १२३ कम्पनीको सेयर मूल्य बढ्यो, १२४ वटाको घट्यो भने बाँकी एउटा कम्पनीको स्थिर रहयो ।

आज कारोबारका आधारमा १२३ कम्पनीको सेयर मूल्य बढ्दा हुँदा १२४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ। रादी विद्युत कम्पनी लिमिटेड कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ।
कारोबारका आधारमा जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
यस्तै, आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्यमा नकारात्मक सर्किट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ