२०८२ असार ९ सोमबार
LATEST NEWS
२०८२ असार ९ सोमबार

अन्तत: टेस्लाले सुरु गर्‍यो रोबोट्याक्सी सेवा, कसरी गर्छ काम ?

काठमाडौँ । विद्युतीय सवारी निर्माता टेस्लाले लामो समयदेखि चर्चामा रहेको रोबोट्याक्सी सेवा सुरु गरेको छ । आइतबार टेक्ससको अस्टिन सहरमा यो सेवा सुरु गरिएको हो । तर, हाल यो सेवा आम सर्वसाधारणका लागि खुलेको छैन ।

सेवामा प्रयोग भएका गाडीहरूमा अगाडिको सिटमा ‘सेफ्टी मोनिटर’ का रूपमा टेस्लाकै कर्मचारी राखिएको छ, जसले आपतकालीन अवस्थामा ट्याक्सीलाई नियन्त्रण लिनेछन् । अन्य कम्पनीहरूले यस्तो मोनिटर परीक्षण अवधिमा मात्र राख्ने गरेपनि टेस्लाले व्यावसायिक सेवामै प्रयोग गरेको हो ।

टेस्लाले सुरुमा सीमित संख्यामा इन्भिटेसन (निमन्त्रणा) प्राप्त प्रयोगकर्ताहरूलाई मात्रै सेवा दिने बताइएको छ । धेरैजसो निमन्त्रणा पाउनेहरू टेस्लाका समर्थक इन्फ्लुएन्सरहरू छन् । यसकारण सुरुवाती प्रतिक्रिया निष्पक्ष नहुन सक्ने आशंका गरिएको छ ।

हाल प्रयोगमा रहेका १०-२० ओटा मोडेल वाई गाडीहरूमा ‘Robotaxi’ लेखिएको छ । गत वर्ष सार्वजनिक गरिएको पूर्ण स्वचालित ‘साइबरक्याब’ सन् २०२६ अघि उपलब्ध नहुने टेस्लाले जनाएको छ ।

यो सेवा बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ । सेवा दिने स्थान मुख्य सडक, विमानस्थल, जटिल चोक तथा खराब मौसमबाट टाढा राखिएको छ ।

सेवा सुरु भएपनि केही आमन्त्रित प्रयोगकर्ताहरूले टेक्ससको स्थानीय समय अनुसार दिउँसो १ बजेसम्म एप्लिकेसन पाउन सकेका थिएनन् । एलन मस्कले १:१२ बजे एक्समा पोस्ट गर्दै सेवा दिउँसो सुरु हुने बताएका थिए ।

प्रारम्भिक शुल्क ४.२० डलर निर्धारण गरिएको छ । सेवाका विवरण र नियमहरू टेस्लाले वेबसाइटमा सार्वजनिक गरेको छ, जहाँ प्रयोगकर्ताहरूले आफू बस्ने ठाउँमा सेवा कहिले आउने हो भन्ने अपडेटका लागि नाम दर्ता गर्न सक्नेछन् ।

सेवा क्षेत्रमा कोलोराडो नदी, हाईवे १८३, हाईवे २९० र ७१ तथा जिल्कर पार्कसम्मको सीमित क्षेत्र समेटिएको छ ।

सेवा सुरु भएसँगै धेरै प्रयोगकर्ताले आफ्नो अनुभव लाइभ स्ट्रिम गरेका छन् । केहीले गाडी भेट्न मुस्किल परेको बताएका छन् भने अधिकांशले यात्रा सहज र सामान्य भएको प्रतिक्रिया दिएका छन् ।

गाडीभित्र टेस्लाका सेफ्टी मोनिटरहरूले यात्रुहरूसँग संवाद नगरी बस्ने गरेका छन् । सुरुवातका लागि यात्रुहरूले आफ्नो एप देखाएर परिचय पुष्टि गर्नुपर्ने व्यवस्था गरिएको छ । गाडीको पछाडि रहेको स्क्रिनमा सिट बेल्ट लगाउन अनुरोध गरिएको हुन्छ र ‘स्टार्ट राइड’ थिचेपछि यात्रा सुरु हुन्छ । प्रयोगकर्ताहरूले एपमार्फत नै पनि यात्रा सुरु गर्न सक्नेछन् ।

गाडीको अगाडिको स्क्रिनमा टेस्लाको पूर्ण स्वचालित प्रणाली जस्तै दृश्य देखिन्छ । ‘पुल ओभर’, ‘स्टप इन लेन’ र ‘सपोर्ट’ जस्ता विकल्प पनि राखिएको छ । ​टेस्लाको सेल्फ ड्राइभिङ्ग टिम प्रमुख आशोक एलुस्वामीले थुप्रै गाडीका प्रत्यक्ष दृश्य देखाउने स्क्रिन भएको ‘लन्च पार्टी’ को तस्बिर सार्वजनिक गरेका छन् ।

अबको चुनौती भनेको सेवा विस्तार र अनुमतिका जटिल प्रक्रियालाई पार गर्नु रहेको बताइन्छ । एलन मस्कले क्यालिफोर्नियामा पनि सेवा सुरु गर्ने बताएका छन् । उनले केही महिनामै एक हजार रोबोट्याक्सी सञ्चालनमा ल्याउने दाबी समेत गरेका छन् ।

यसैबिच, गुगलको मातृ कम्पनी अल्फाबेटको स्वामित्वमा रहेको ‘Waymo’ कम्पनीले हाल स्यानफ्रान्सिस्को, लस एन्जलस, फिनिक्स र अस्टिनमा १५ सयभन्दा बढी ड्राइभरलेस गाडी सञ्चालन गरिरहेको छ भने अर्को वर्षसम्म दुई हजार पुर्‍याउने योजना बनाएको भर्ज लेखेको छ ।

पछिल्लो अध्यावधिक: असार ९, २०८२ ११:३६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट