२०८२ असार २४ मंगलवार
LATEST NEWS
२०८२ असार २४ मंगलवार

युट्युबमा ‘दुश्मन हेरेकोहेर्‍यै’ गीतलाई १० करोड भ्युज आएपछि प्रधानमन्त्रीले दिए दुर्गेश थापालाई बधाई

काठमाडौँ । युट्युबमा ‘दुश्मन हेरेकोहेर्‍यै’ गीतले १० करोड (१०० मिलियन) भ्युज पार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो गीतका सर्जक दुर्गेश थापालाई बधाई दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टमार्फत् प्रधानमन्त्री ओलीले नयाँ पुस्ताको संगीतप्रतिको रुचिबारे टिप्पणी गर्दै दुर्गेश थापालाई बधाई दिएका हुन् ।

उनले लेखेका छन्, “आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेकोहेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई !”

दुर्गेशको स्वर, अभिनय तथा नृत्य रहेको यो गीत गत ३० डिसेम्बरमा युट्युबमा अपलोड भएको थियो । सामाजिक सञ्जालमार्फत भाइरल बनेको यस गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो । 

गीतमा दुर्गेशसँगै आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको छ । गीतको शब्द, संगीत र निर्देशन दुर्गेशकै छ ।

प्रधानमन्त्रीले नै बधाई दिएपछि दुर्गेश थप हौसिएका छन् । सोमबार आफ्नो फेसबुकमा एक पोस्ट लेख्दै थापाले प्रधानमन्त्रीको बधाईलाई ऐतिहासिक प्रेरणाको रूपमा वर्णन गरे । उनले लेखेका छन्, “नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननीय प्रधानमन्त्रीज्यूले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ ।”

 

पछिल्लो अध्यावधिक: असार ९, २०८२ ७:४८





सामाग्री श्रोत :
टेक पाना

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?