२०८३ असार १ सोमबार
LATEST NEWS
२०८३ असार १ सोमबार

स्वास्थ्य विज्ञानको शुरुवात नेपालबाटै भएको हो : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञानको शुरुवात नेपालबाटै भएको बताएका छन्।

आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको बताए।

Ncell 2
Ncell 2

उनले स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने नरहेको बताए। पुराना विधि र पद्धतिहरूको उपयोग गर्न पनि आवश्यक रहेको बताए। स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रूपमा कसरी सबल बनाउने भन्ने बारेमा सरकार गम्भीर रहेको बताए।

प्रधानमन्त्री ओलीले भने‚ ‘यो स्वास्थ्य विज्ञानको शुरुवातको भूमि हो। स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो। हामीले यसलाई विकास गर्न सक्दैनौँ भन्ने कुरा होइन। हाम्रा कतिपय पुराना मेथोडलोजी, पुराना विधि, प्रविधिहरू उपयोगी हुन सक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छौँ।’

प्रधानमन्त्री ओलीले विरामीको संख्या न्यून गर्नेतिर सरकारको ध्यान गइरहेको बताए।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट