२०८२ असार ३१ मंगलवार
LATEST NEWS
२०८२ असार ३१ मंगलवार

त्रिवि इन्जिनियरिङ प्रवेश परीक्षा भदौ ३ गतेदेखि, अनलाइन फारम साउन १३ गते खुल्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०८१/८२ का लागि स्नातक तह (बी.ई. / बी.आर्क.) मा भर्ना हुन चाहने विद्यार्थीहरूका लागि कम्प्युटर विधिमार्फत सञ्चालन हुने प्रवेश परीक्षा भदौ ३ गतेदेखि सञ्चालन गर्ने भएको छ । 

प्रवेश परीक्षा बोर्डले आइतबार एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएको हो । बोर्डका अनुसार प्रवेश परीक्षाको आवेदन फारम साउन १३ गतेदेखि इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षाको वेबसाइट entrance.ioe.edu.np मार्फत उपलब्ध गराइनेछ । 

प्रवेश परीक्षाको विषयमा अन्य विस्तृत जानकारी भने सोही वेबसाइट तथा गोरखापत्रमार्फत साउन १ गते उपलब्ध गराइने सूचनामा उल्लेख छ । उक्त जानकारीमा परीक्षा केन्द्र, समय र तालिका सम्बन्धी जानकारी हुने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ ८:२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?