काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ह्वाट्सएप च्यानल सुरु गरेका छन् । आमनागरिकसँग सहज सञ्चार गर्ने योजनासहित ओलीले शनिबारदेखि ह्वाट्सएपमा उपस्थिति जनाएका हुन् ।

च्यानलमा जोडिएका प्रयोगकर्ताले ओलीका विचार, अभिव्यक्ति, कार्यक्रम तथा राजनीतिक गतिविधिहरूबारे नियमित अपडेट पाउने बताइएको छ ।
फेसबुकमा एक पोस्ट राख्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई आफ्नो च्यानलमा जोडिन आह्वान गरेका छन् । यो समाचार तयार पार्दासम्म उनको च्यानलमा तीन हजार ७०० बढी मेम्बर जोडिएका छन् ।

पछिल्लो अध्यावधिक: असार ७, २०८२ २२:६
सामाग्री श्रोत :
टेक पाना