२०८२ असार ७ शनिबार
LATEST NEWS
२०८२ असार ७ शनिबार

भिजिट भिसालाई लिएर सदनमा शनिबार पनि राप्रपा र रास्वपाको विरोध, तर सभामुखले सदन चलाइरहे

काठमाडौं– भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय आयोग बनाउन माग राख्दै रास्वपा र राप्रपाले शनिबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन् ।

विनियोजन विधेयकमाथिको बिभिन्न शीर्षकमाथिको छलफलका लागि शनिबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाले उठेर विरोध जनाएका हुन् ।

भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले यसको छानविनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग राख्दै दुई दलले निरन्तर सदनमा विरोध जनाइरहेका छन् ।

Ncell 2
Ncell 2

दुई दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद सुमना श्रेष्ठलाई बोल्न समय दिएका थिए । 

सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन लामो समयदेखि माग गरे पनि जनताको आवाजको सुनुवाइ नभएको बताइन् । सदनमा आफ्नो आवाज नसुने कहा गएर सुनाउने भन्दै उनले प्रश्न गरिन् । 

त्यस्तै राप्रपा सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणका नाममा जनताहरु बेचिनुपरेकाले यसमा छानबिन गर्नुपर्ने बताइन् । यस प्रकरणमा गृहमन्त्री समेत मुछिएकाले राजीनामा दिनुपर्ने उनले बताइन् । 

रास्वपा र राप्रपाका सांसदले बोलेपछि अन्य दलका सांसदहरुले पनि बोल्न पाउनुपर्ने माग गरेका थिए । तर सभामुख घिमिरले विनियोजन विधेयकमाथिको विभिन्न शीर्षकमाथिको छलफल अघि बढाएका थिए । 

शनिबार विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसंख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको शीर्षकमाथि छलफल भएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट