काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सुरु गरेको छ ।

पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंको माइतिघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।
लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको सम्वद्र्धनका लागि सदनका साथै सडकमा आएर तेश्रो स्थापना दिवस मनाएको रास्वपाका नेताहरुले जनाएका छन् ।
रास्वपा कार्यबहाक सभापति डीपी अर्यालले देशका लागि धेरै काम गर्दा रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताए । भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नबाट रोक्ने काम भएको भन्दै उहाले अव जनताले रास्वपालाई साथ दिनुपर्ने उल्लेख गरे ।

अर्यालले १२ लाख भन्दा बढि जनताले दिएको मत सदूपयोग गर्न आफुहरु खटिरहेको भन्दै रास्वपालाई साथ दिने जनतालाई राज्यले अपमान गरिरहेको जिकिर गरे ।
उहाले राज्यको निकायमा रास्वपाको प्रभावकारी उपस्थीति भए अहिले भ्रष्टाचार गर्नेहरु देश छाडेर भाग्ने अवस्था आउने बताए । यसैबीच शनिबार नै बसेको रास्वपा केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ भने कार्यवाहक प्रवक्ताका रुपमा रहनुभएका मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ