२०८२ असार ७ शनिबार
२०८२ असार ७ शनिबार

आक्रमण जारी रहे इजरायलसँग तत्काल वार्ता सम्भव छैन – इरान

एजेन्सी –निरन्तर आक्रमण जारी रहेको अवस्थामा आफ्नो आणविक कार्यक्रमबारे कुनै पनि वार्ता नहुने इरानले स्पष्ट पारेको छ । यो प्रतिक्रिया इजरायलका रक्षामन्त्रीले इरानसँग ‘लामो संघर्ष’ को चेतावनी दिएपछि आएको हो ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले जिनेभामा युरोपेली कूटनीतिज्ञहरूसँग भेट गरेका थिए । उनलाई अमेरिकासँग आणविक कूटनीति पुनः सुरु गर्न आग्रह गरिएको थियो । तर उनले भने, ‘इजरायलको आक्रामकता रोकिएपछि मात्र कूटनीति सम्भव हुन्छ ।’

तेहरानले आणविक कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको दाबी गर्दै इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ । अराघचीले थपे, ‘इरान आफ्नो वैध आत्मरक्षा अधिकार प्रयोग गर्न पछि पर्ने छैन ।’

Ncell 2
Ncell 2

त्यसैबिच, इजरायली सेनाले इरानी मिसाइल भण्डारण र प्रक्षेपण केन्द्रहरूमा नयाँ आक्रमण सुरु गरेको जनाएको छ । यसअघि इरानले पनि इजरायलको मध्य क्षेत्रमा मिसाइल प्रहार गरेको थियो । तेल अभिभ नजिकै विस्फोटको ठुलो आवाज सुनिएको थियो । रिपोर्टअनुसार केही भवनमा आगलागी समेत भएको छ ।

इजरायलका विदेश मन्त्री एयाल जामिरले भिडियो सन्देशमार्फत आफ्नो देश ‘कठिन दिनहरू’ का लागि तयार रहनुपर्ने बताएका छन् । इजरायलका संयुक्त राष्ट्रसंघका राजदूतले इरानलाई ‘विनाशकारी एजेन्डा’ बोकेको देश भन्दै आणविक केन्द्रहरू पूर्ण रूपमा नष्ट नभएसम्म आक्रमण नरोकिने बताए ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकी हवाई आक्रमणबाट बच्नको लागि दुई हप्ताको समय दिएका छन् । उनले भने, ‘म निर्णय लिनुअघि अधिकतम दुई हप्ता कुर्नेछु ।’ अब क्षेत्रीय तनावले अन्तर्राष्ट्रिय कूटनीतिक प्रयासहरूमा असर पार्ने देखिएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट