२०८२ असार ७ शनिबार
२०८२ असार ७ शनिबार

काम बिर्सने बानी छ ? अब च्याटजीपीटीले दिनेछ रिमाइन्डर

काठमाडौँ । सोधेको प्रश्नको जवाफ, कागजात विश्लेषण, लामा अनुच्छेदहरूको सारांश, अध्ययन/अनुसन्धान लगायत अन्य धेरै कामहरूका लागि अत्यावश्यक जस्तै बनिसकेको च्याटजीपीटी अब टु-डु लिस्ट (गर्न बाँकी रहेका कामहरूको लिखित रुपमा राख्ने काम) र रिमाइन्डरको रुपमा पनि प्रयोग गर्न सकिने भएको छ ।

हालसम्म च्याटजीपीटीमा रिमाइन्डर सेट गर्ने सुविधा थिएन । तर अब भने यो फिचर पनि उपलब्ध हुने भएको हो । यसो भएपछि प्रयोगकर्ताले च्याटजीपीटीमा काम गरेर कुनै अर्को एपमा गएर रिमाइन्डर राख्नुपर्ने झन्झट हट्नेछ । च्याटजीपीटीमा नै रिमाइन्डर राख्नका लागि प्रम्प्ट दिन सकिन्छ । 

यसका लागि कम्पनीले एनी डट डु (Any.do) नामक टु-डु लिस्ट एपसँग सहकार्य गरेको छ । यो एउटा टु-डु लिस्ट, क्यालेन्डर, र रिमाइन्डर एप हो जसले प्रयोगकर्तालाई दैनिक कार्य व्यवस्थापन गर्न मद्दत गर्छ । च्याटजीपीटी यो एप जोडिएसँगै अब प्रयोगकर्ताले च्याटजीपीटीलाई “भोलि बिहान ५ बजे मलाई उठाउने रिमाइन्डर राख,” वा “आइतबार मिटिङको योजना बनाऊ।” भन्ने जस्ता प्रम्प्ट दिन सक्नुहुन्छ । 

प्रम्प्टको आधारमा तपाईँको रिमाइन्डर सेड्युल सेट हुनेछ । यसका लागि प्रयोगकर्ताले च्याटजीपीटी र एनी डट डु दुवैको अकाउन्ट बनाउनुपर्ने हुन्छ । आफ्नो अकाउन्ट क्रियट गर्नका लागि यहाँ क्लिक गर्नुहोस् । अकाउन्ट लिंक भइसकेपछि च्याटजीपीटी खोल्दा स्क्रिनको बायाँतिर माथि एनी डट डु भनेर लेखिएको देख्न सकिन्छ । यसपछि आफ्नो आवश्यकता अनुसार तपाईँले रिमाइन्डर सेट गर्नसक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असार ६, २०८२ १३:४४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट