२०८२ असार ७ शनिबार
२०८२ असार ७ शनिबार

टी–२० सिरिज: अन्तिम खेलमा स्कटल्यान्डसँग नेपाल ३४ रनले पराजित

काठमाडौं– स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डसँग ३४ रनको फराकिलो अन्तरले पराजित भएको छ । 

स्कटल्यान्डले दिएको १९४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल १८ दशमलव ५ ओभरमा अलआउट हुँदै १५९ रनमै समेटियो । पहिलो ओभरमै विकेट गुमाएको नेपालका लागि लगातार विकेट जान थालेपछि तस्रो जित दर्ता गर्नबाट चुक्यो । 

अन्तिम ८ बलमा ३६ रन आवश्यक हुँदा रुपेशसँग दुई रन लिने क्रममा ललित राजवंशी रनआउट भएपछि नेपाल अलआउट हुँदै पराजित भयो । नेपालका लागि रुपेश सिंहले सर्वाधिक ४३ रनको नटआउट पारी खेले । उनले २२ बलमा तीन छक्का र एक चौका प्रहार गरे । त्यसपछि उपक्तान दिपेन्द्र सिंह ऐरीले ३४ रन प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले २७, रुपेशकुमार सिंहले २९ आशिफ शेखले १४ र भीम शार्कीले १२ रन प्रहार गरे ।

बलिङतर्फ स्कटल्यान्डका क्रिस जार्भेजले सर्वाधिक ३ विकेट लिँदा, सफयान सरिफले २, ब्रान्डन म्याकमुलेन, मार्क वाट र माइकल लिस्कले एक/एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा मात्र पाँच विकेट गुमाउँदै १९३ रनको विशाल स्कोर बनाएको थियो । 

Ncell 2
Ncell 2

स्कटल्यान्डको स्कोर ठूलो बनाउनका लागि ओपनर जर्ज मुन्जी र तेस्रो नम्बरमा आएका ब्रान्डन म्याकमुलेनबीच एक सय रनको साझेदारी बन्यो । 

मुन्जीले सर्वाधिक ७८ रन बनाए । उनले मात्र ३९ बलमा ६ छक्का र ५ चौका प्रहार गरे । यस्तै म्याकमुलेनले ३० बलमा चार चौका र एक छक्काको सहयोगमा ४२ रनको योदान दिए । 

माइकल लिस्कले दुई छक्का र एक चौकासहित १७ बलमा नटआउट २६ रन बनाउँदा म्याथु क्रसले १३ बलमा दुई चौका प्रहार गर्दै नटआउट १७ रनको योगदान दिए । 

नेपालका सन्दीप लामिछाने र ललित राजवंशीले मध्यम बलिङ गरे पनि अन्य कुनै पनि बलरले रन रोक्न सकेनन् । कुशल भुर्तेलले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । चार ओभरमा २५ रन खर्चिएका सन्दीप लामिछानेले १ विकेट तथा चार ओभर नै बलिङ गरेका ललितले २७ रन खर्चिएर एक विकेट लिए । यस्तै रुपेश सिंहले ३ ओभरमा ३२ रन खर्चिँदै एक विकेट लिए । 

सबैभन्दा महँगा दीपेन्द्र सिंह ऐरी बने । उनले चार ओभरमा ५० रन खर्चिए । यस्तै रिजन ढकाललले ३ ओभरमा ३५ रन खर्चिए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट