२०८२ असार ६ शुक्रबार
LATEST NEWS
२०८२ असार ६ शुक्रबार

तपाईंलाई थाहै नदिई गुगलले आफ्नो एआईलाई तालिम दिन यसरी प्रयोग गर्दैछ तपाईंका युट्युब भिडिओ

काठमाडौँ । गुगलले आफ्नो शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरूलाई तालिम दिन युट्युबमा भएका अर्बौं भिडिओहरू प्रयोग गरिरहेको खुलासा भएको छ । अमेरिकी समाचार संस्था सीएनबीसी सार्वजनिक गरेको एक रिपोर्टअनुसार गुगलको जेमिनाई र र भिडिओ बनाउने भियो थ्री (Veo 3) जस्ता एआईलाई सिकाउन कम्पनीले युट्युबको विशाल भिडिओ लाइब्रेरी प्रयोग गरिरहेको हो ।

गुगलले यो कुरा स्वीकारेको छ । तर, कम्पनीको भनाइअनुसार उसले तालिमका लागि सबै भिडिओ नभई केही भिडिओ मात्र प्रयोग गर्छ र भिडिओ निर्माता (क्रिएटर) हरूसँग भएको सम्झौताको सम्मान गर्छ । युट्युबका एक प्रवक्ताले भने, “हामीले हाम्रा उत्पादनहरूलाई राम्रो बनाउन सधैं युट्युब सामग्री प्रयोग गर्दै आएका छौं र एआईको युगमा पनि यो परिवर्तन भएको छैन ।”

तर, विज्ञहरूले यसले बौद्धिक सम्पत्तिमाथि ठुलो संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन् । सीएनबीसीले कुरा गरेका अधिकांश क्रिएटर र मिडिया कम्पनीहरूलाई गुगलले आफ्नो एआई तालिमका लागि उनीहरूको सामग्री प्रयोग गरिरहेकोबारे जानकारी नै थिएन । प्रयोगकर्ताले युट्युबमा भिडिओ अपलोड गर्दा गुगललाई आफ्नो एआई तालिमका लागि सामग्री प्रयोग गर्नबाट रोक्ने कुनै विकल्प छैन ।

गुगलको नयाँ एआई भियो थ्रीले सिनेमाको जस्तै गुणस्तरीय भिडिओ बनाउन सक्छ । यही एआईलाई तालिम दिन युट्युबका भिडिओ प्रयोग भएको हो । यसले गर्दा भिडिओ निर्माताहरूमा चिन्ता बढेको छ । उनीहरूले थाहै नपाई आफ्नै प्रतिस्पर्धी वा आफूलाई विस्थापित गर्न सक्ने प्रविधि तयार पार्न मद्दत गरिरहेका छन् । उनीहरूलाई यसको लागि न कुनै जानकारी दिइएको छ, न सहमति लिइएको छ, न त कुनै क्षतिपूर्ति नै ।

युट्युबको सेवाका सर्तहरू (टर्म्स अफ सर्भिस) अनुसार, प्रयोगकर्ताले भिडिओ अपलोड गर्दा युट्युबलाई आफ्नो सामग्री प्रयोग गर्न, अरूलाई प्रयोग गर्न दिन र त्यसलाई परिवर्तन गर्नका लागि विश्वव्यापी रूपमा रोयल्टी-रहित लाइसेन्स दिएको हुन्छ । यही सर्तका आधारमा गुगलले भिडिओहरू प्रयोग गरिरहेको देखिन्छ ।

यता, केही क्रिएटरहरूले यसलाई सकारात्मक प्रतिस्पर्धाको रूपमा लिएका छन् । गुगलले आफ्नो एआईले बनाएको सामग्रीमाथि कपिराइटको मुद्दा आएमा त्यसको कानुनी जिम्मेवारी लिने बताएको छ । तर, यो विवाद बढ्दै गएको छ र अन्य कम्पनीहरूले पनि यस्तै किसिमका मुद्दा खेपिरहेका छन् । यसले गर्दा एआई युगमा प्रविधि कम्पनी र क्रिएटरबिचको द्वन्द्व बढ्ने विश्लेषण गरिएको छ । 

युट्युबले आफ्नो प्लेटफर्ममा भएका २० अर्ब भिडिओमध्ये कति र कुन भिडिओहरू एआई तालिमका लागि प्रयोग गरिएका छन् भन्नेबारे खुलाएको छैन । तर, विज्ञहरूका अनुसार यसको १ प्रतिशत मात्र भिडिओ प्रयोग गर्दा पनि २.३ अर्ब मिनेटको सामग्री हुन जान्छ, जुन प्रतिस्पर्धी एआई मोडेलहरूले प्रयोग गर्ने तालिम डेटाभन्दा ४० गुणा बढी हो ।

पछिल्लो अध्यावधिक: असार ६, २०८२ २१:४९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट