२०८२ असार ७ शनिबार
LATEST NEWS
२०८२ असार ७ शनिबार

तपाईंको क्षेत्र बाढी-पहिरोको जोखिममा छ कि ? भाइबरबाटै यसरी लिनुहोस् मौसम अपडेट

काठमाडौँ । मौसम सम्बन्धी आधिकारिक सूचना समयमै प्राप्त गर्न जल तथा मौसम विज्ञान विभागले भाइबर कम्युनिटीमा सहभागी हुन सर्वसाधारणलाई अनुरोध गरेको छ । मनसुन सुरु भएसँगै बाढी, पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम बढेकाले सतर्कता अपनाउन विभागले नागरिकलाई मौसमको पूर्वानुमान तथा जानकारी लिन भाइबरमार्फत सम्पर्कमा रहन आग्रह गरेको हो ।

विभागले भाइबर कम्युनिटी ग्रुपमार्फत मौसम पूर्वानुमान, सतर्कता सन्देश, तथा अन्य सम्बन्धित सूचनाहरू नियमित रूपमा सार्वजनिक गर्दै आएको छ । उक्त कम्युनिटी ग्रुपमा तल दिइएको क्यूआर कोड स्क्यान गरेर वा यहाँ क्लिक गरेर सहभागी हुन सकिने छ ।

यसैबिच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि नागरिकलाई बाढी, पहिरो र अन्य सम्भावित विपद्का बेला तत्काल सम्पर्क गर्न सकिने आपतकालीन नम्बरहरू सुरक्षित राख्न अनुरोध गरेको छ । प्राधिकरणका अनुसार यी नम्बरहरू नि:शुल्क कल गर्न सकिने र आपतकालीन समयमा उपयोगी हुने भएकाले कण्ठ पारेर वा सुरक्षित स्थानमा टिपोट गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्ता छन् नि:शुल्क आपतकालीन नम्बरहरू:

  • विपद् आकस्मिक हेल्पलाइन – ११४९

  • बाढी तथा पहिरो हेल्पलाइन – ११४१

  • बाढी तथा पहिरो इन्फोलाइन – ११५५

  • नेपाल विद्युत् प्राधिकरण हेल्पलाइन – ११५०

  • नेपाल प्रहरी – १००

  • अग्नि सेवा – १०१

  • एम्बुलेन्स सेवा – १०२

  • ट्राफिक प्रहरी – १०३

  • बालबालिका हराएको खबर गर्न – १०४ वा १०९८

  • महिला हेल्पलाइन – ११४५

  • नेपाल रेडक्रस हटलाइन – ११३०

प्राधिकरणले विपद् जोखिम न्यूनीकरणका लागि नागरिक सतर्क र तयार रहनुपर्नेमा जोड दिएको छ । साथै, प्राधिकरणले विपद्का बेला सहायताका लागि यी नम्बरहरूमा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।


पछिल्लो अध्यावधिक: असार ६, २०८२ १९:७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट