२०८२ असार ६ शुक्रबार
LATEST NEWS
२०८२ असार ६ शुक्रबार

टस जितेको स्कटल्यान्डले ब्याटिङ रोज्यो, नेपालको प्लेइङ–११ मा एक परिवर्तन

काठमाडौं– स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा आज अन्तिम तथा चौथो खेलमा नेपालले टस हारेर पहिले फल्डिङ गर्ने भएको छ ।

घरेलु टोली स्कटल्यान्डले टस जित्दै पहिले ब्याटिङ रोजेको हो । दुवै टोलीको लागि अन्तिम खेल हो ।  स्कटल्यान्डले तीन खेलमा एक जित र दुईमा हार व्यहोरेको छ । नेपालले तीनमा दुई जित र एक हार निकालेको छ । उपाधिका लागि दुवै टोलीलाई एक अर्का विरुद्ध जित निकाल्नै पर्ने दबाब छ । 

स्कटल्यान्डले एक खेल मात्र जिते पनि आज जित दर्ता गर्दा दुवैको अंक चार/चार हुने र नेटरनरेटमा उपाधि स्कटल्यान्डले जित्नेछ । तर नेपालले जितेमा उपाधि नेपालको हुनेछ । 

Ncell 2
Ncell 2

स्कटल्यान्डविरुद्ध पहिलो खेलमा नेपालले एक विकेटको जित निकालेको थियो । नेदरल्यान्डसँग दुई खेलमध्ये नेपालले एकमा जित र एकमा हार व्यहोरेको छ । यस्तै स्कटल्यान्डले एक खेल नेपाल र एक नेदरल्यान्डसँग हारे पनि एक खेल भने नेदरल्यान्डलाई हरायो । 

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो । 

तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हरायो भने चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पराजित गर्यो । पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । करण केसीको स्थानमा रिजन ढकाललाई राखिएको छ । 

नेपालको प्लेइङ ११ 

रोहितकुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, लोकेश बम, आरिफ शेख, रुपेशकुमार सिंह, सन्दीप लामिछाने, ललित राजवंशी  र रिजन ढकाल । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट