२०८२ चैत्र २६ बिहीबार
२०८२ चैत्र २६ बिहीबार

२३ दिनमा देशभरि फैलियो मनसुन

काठमाडौं– सरदर १५ दिनअगाडि प्रवेश गरेको मनसुन फैलन भने समय लागेको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबार बुलेटिन जारी गर्दै २३ दिनमा देशभर मनसुन विस्तारित भएको बताएको हो।

‘यस वर्षको मनसुन प्रणाली शुक्रबार (जेठ ६) गते (सन् २०२५ जुन २० तारिख) का दिन देशभ फैलिएको छ। नेपालमा यस वर्षको मनसुन जेठ १५ गते ( सन् २०२५ मे २९ तारिख ) देशको पूर्वी भू–भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू–भागमा विस्तार भएकोमा मिति २०८२/०२/२९ गते (सन् २०२५ जुन १२ तारिख) मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भाग सम्म विस्तार भएको थियो,’ विभागले बुलेटिनमार्फत् भनेको छ।

Ncell 2
Ncell 2

नेपालमा मनसुन साधारणतया जून १३ तारिखमा देशको पूर्वी भू–भागबाट प्रवेश गरी एक हप्ता भित्र विस्तार हुने गर्दछ। 

‘यस वर्ष मनसुन सरदर मितिभन्दा १५  दिन छिटो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसुन विस्तार हुन यस वर्ष २३  दिन लागेको छ,’ विभागले बताएको छ।

मनसुनका सुरुवाती दिनदेखि नै देशभर बाढी–पहिरोले सडक अवरुद्ध हुने लगायतका घटनाहरु देखिएका छन्। यस वर्षको मनसुनमा २० लाख भन्दा बढी व्यक्ति प्रभावित हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट