२०८२ असार २७ शुक्रबार
LATEST NEWS
२०८२ असार २७ शुक्रबार

गैरआवासीय नेपाली संघद्वारा इरान र इजरायलमा रहेका नेपालीका लागि २४ घण्टे हटलाइन सेवा सुरु

काठमाडौँ । पछिल्लो समय इरान र इजरायलबीच उत्पन्न तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै गैरआवासीय नेपाली संघ (NRNA) ले दुवै देशमा रहेका नेपाली नागरिकहरूका सुरक्षालाई प्राथमिकता दिँदै २४ घण्टा सञ्चालन हुने हटलाइन सेवा सुरु गरेको छ ।

इजरायल र इरानमा कार्यरत वा बसोबास गरिरहेका नेपालीहरूले आपतकालीन अवस्थाहरूमा आवश्यक सहयोगका लागि सिधा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको संघले जनाएको छ ।  सुरक्षा अवस्थाको जानकारी लिन वा सहायता आवश्यक परेमा नेपालीहरूले चौबिसै घण्टा सेवा उपलब्ध रहने टेलिफोन नम्बरहरू ९८०१८६११२३ र ९८०१८६११०६

मा सम्पर्क गर्न सक्नेछन् । 

साथै नेपाली समुदायलाई सतर्क रहन, स्थानीय सरकार तथा दूतावासको निर्देशन पालन गर्न र सुरक्षित स्थानमा बस्न समेत संघले अनुरोध गर्दछ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८२ २२:४९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?