
काठमाडौँ । पछिल्लो समय इरान र इजरायलबीच उत्पन्न तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै गैरआवासीय नेपाली संघ (NRNA) ले दुवै देशमा रहेका नेपाली नागरिकहरूका सुरक्षालाई प्राथमिकता दिँदै २४ घण्टा सञ्चालन हुने हटलाइन सेवा सुरु गरेको छ ।
इजरायल र इरानमा कार्यरत वा बसोबास गरिरहेका नेपालीहरूले आपतकालीन अवस्थाहरूमा आवश्यक सहयोगका लागि सिधा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको संघले जनाएको छ । सुरक्षा अवस्थाको जानकारी लिन वा सहायता आवश्यक परेमा नेपालीहरूले चौबिसै घण्टा सेवा उपलब्ध रहने टेलिफोन नम्बरहरू ९८०१८६११२३ र ९८०१८६११०६
मा सम्पर्क गर्न सक्नेछन् ।
साथै नेपाली समुदायलाई सतर्क रहन, स्थानीय सरकार तथा दूतावासको निर्देशन पालन गर्न र सुरक्षित स्थानमा बस्न समेत संघले अनुरोध गर्दछ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ २२:४९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकीय इनिङ्समा नेदरल्यान्ड्समाथि ६ विकेटको फराकिलो जित निकालेको छ ।
पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९ दशमलव ४ ओभरमा मात्र चार विकेट गुमाउँदै १८० रन बनाएर जित दर्ता गर्यो । जारी सिरिजमा यो नेपालको दोस्रो जित हो ।
नेपालको जितका लागि कुशल भुर्तेलको अर्धशतकीय इनिङ्स महत्त्वपूर्ण रह्यो । उनले ५१ बल खेल्दै ६ चौकाको सहयोगमा ६५ रनको इनिङ्स खेले ।
यस्तै आरिफ शेख र भीम सार्कीले पनि महत्त्वपूर्ण रनको योदान दिए । आरिफले मात्र २३ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ३९ रनको योदान दिए । स्वास्थमा समस्या भएपछि उनी रिटायर हर्ट भए ।
यस्तै भीम सार्कीले पनि १६ बलमा १ छक्का र दुई चौकासहित २७ रन जोडे । दीपेन्द्र सिंह ऐरीले नटआउट १६ रन जोड्दा लोकश बमले भने चार बलमा दुई छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए ।
बलिङ तर्फ नेदरल्यान्ड्सका बेन फ्लेत्चर, आर्यन दत्त, ज्याक लियोन क्याचेट र रियोल्फ भानडर मर्भेले एक/एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७४ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले आक्रामक पारी खेले । ५३ बल खेलेका उने ५ छक्का र ६ चौकाको सहयोगमा ८६ रनको शानदार पारी खेले ।
यस्तै भानडर मर्भेले नटआउट ३६ रन जोड्दा आर्यन दत्तले १७ र सकिब जुल्फीकरले १४ रन जोडे ।
नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन खर्चिँदै दुई विकेट लिए । ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र रुपेश सिंहले १/१ विकेट लिए । नेदरल्यान्ड्सको यो अन्तिम खेल हो । चार खेलमा नेदरल्यान्ड्सले २ हार र २ जित निकाल्यो ।
यता नेपालको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा एकमा हार र एकमा जित निकालेको थियो । आजको जितसँगै नेपालको दुई खेलमा जति बन्यो । अब भोलि हुने खेलमा स्कटल्यान्ड विरुद्ध जित निकाले नेपाल सिरिज विजेता हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । राइडरलाई लक्षित गर्दै इनड्राइभले नेपालमा “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरु गरेको छ । यही जुन १६ देखि सुरु भएको यस अफरको विषयमा बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले जानकारी दिएको हो ।
कम्पनीका अनुसार जुन १६ देखि जुन २२ सम्म (असार २ गतेदेखि असार ८ गते), चालकहरूले प्लाटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे क्याम्पेनमा सहभागी हुनका लागि योग्य हुन ३५ ओटा राइड पूरा गर्नुपर्नेछ । जुन २३ देखि भने इनड्राइभ चालकहरूले साप्ताहिक च्यालेन्जेजको सिरिजमा भाग लिने मौका पाउनेछन् र प्रत्येक हप्ता राइडरहरूले विशेष उपहारहरू जित्ने कम्पनीले जनाएको छ ।
यसरी जुन २३ देखि जुलाई १३ सम्म चल्ने यो च्यालेन्जमा प्लाटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको लागि मात्र नभई ग्रान्ड प्राइजको लागि पनि योग्य हुने विज्ञप्तिमा उल्लेख छ । तीन हप्तासम्म चल्ने यो अफरको ग्रान्ड पुरस्कारको विजेता भने जुलाई १७ मा घोषणा हुने कम्पनीले जानकारी दिएको छ ।
ग्रान्ड पुरस्कार अन्तर्गत एकजना राइडरले टाटाको एक्सप्रेस टी ईभी पाउनेछन् भने बाइक चालकतर्फ एकजनाले टीभीएस रेइडर मोटरसाइकल जित्ने मौका पाउनेछन् । यस्तै अन्य विभिन्न विधामा १५ जनाले स्मार्टफोन, ३० जनाले स्मार्टवाच र ३० जनाले इयरबड्स जित्ने सक्ने बताइएको छ ।
“ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले क्याम्पेनको तीनै हप्ताको लागि प्लेटिनम स्ट्याटस मेन्टेन गर्नुपर्नेछ । कुनै पनि हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूलाई साप्ताहिक पुरस्कार विजेतामा सहभागी गराइनेछ,” विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ २१:५६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सबाट १७५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७४ रनको सम्मानजनक स्कोर बनायो ।
नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले आक्रामक पारी खेले । ५३ बल खेलेका उने ५ छक्का र ६ चौकाको सहयोगमा ८६ रनको शानदार पारी खेले ।
यस्तै भानडर मर्भेले नटआउट ३६ रन जोड्दा आर्यन दत्तले १७ र सकिब जुल्फीकरले १४ रन जोडे ।
नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन खर्चिँदै दुई विकेट लिए । ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र रुपेश सिंहले १/१ विकेट लिए । नेदरल्यान्ड्सको यो अन्तिम खेल हो । यसअघिका तीन खेलमा एक हार र दुई जित निकालेको छ ।
यता नेपालको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा एक मा हार र एकमा जित निकालेको छ । यस्तै तीन खेल खेलेको स्कटल्यान्ड पनि दुई हार र एक जितसहित अंक तालिकामा दोस्रोमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काभ्रे– पनौती–११ बल्थलीकी स्वास्थ्य स्वयंसेविका मनकुमारी लामाले माईती नेपालकी संस्थापक अध्यक्ष तथा सिएनएन हिरो अनुराधा कोइरालाको हातबाट नगद रु १० हजारसहित सम्मानित भएकी छिन्।
सामान्य पढाइ र विकट गाउँको हुर्काइपछि ग्रामीण स्वास्थ्य कार्यकर्ताका रूपमा तामाङ समुदायमा स्वास्थ्य सचेतना जगाउँदै आएकी लामाले यस्तो सम्मानको अपेक्षा गरेकी थिइनन्।
बुधबार पनौती आईटी पार्कअघि रहेको लोटस इभेन्टमा आयोजित विशेष समारोहमा उनलाई सम्मान गरिएको हो।
सावित्रीदेवी प्रतिष्ठानले उनलाई काभ्रेका प्रतिष्ठित व्यक्तित्वहरूको माझमा पनौती नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसमा सम्मान गरेको हो।
मनकुमारी लामासँगै बल्थलीकै अनिस्मा तामाङलाई पनि नगद रु १० हजारसहित सम्मान गरिएको छ। भक्तपुरको बागेश्वरी माविमा कक्षा १२ अध्ययनरत अनिस्माको भविष्यमा चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष रामईन्द्र न्यौपानेले बताए।
सोही कार्यक्रममा खोपासीका सहकारी अभियानकर्मी भरतप्रसाद शर्मालाई नगद रु २५ हजार र समुदायमा उल्लेखनीय सहयोग पुर्याउने डा आशिष लामिछानेलाई पनि नगद रु २५ हजारले सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै अनुराधा कोइरालाले समाजमा लागुऔषधको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन्। उनले विशेष गरी डिस्को, बार र क्लबहरूमा हुने यस्ता गतिविधिमाथि सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिइन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यलाई उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराउन अनुरोध गरिन्। १३ देखि १९ वर्षसम्मका बालबालिकाहरूमा लागुऔषधको लत देखिएको र यसको बिक्री हुनु राम्रो नभएको उनले बताइन्।
कार्यक्रममा डा राजेन्द्र कोजू, नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्य, युवा अभियन्ता भुषण श्रेष्ठ लगायतले सावित्रीदेवी प्रतिष्ठानले समाजमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए। प्रतिष्ठानले खोपासीका ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेको छ। युवा अभियन्ता भुषण श्रेष्ठले प्रतिष्ठानलाई नगद रु २५ हजार सहयोग गरेका छन्।
प्रतिष्ठानको कार्यक्रममा आजिवन सदस्यहरू, परिवारका सदस्यहरू, ज्येष्ठ नागरिकहरू, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन दिनेश न्यौपानेले गरेका थिए। कार्यक्रममा पनौती–११ का वडाध्यक्ष विपिन लामा, नेपाली सेनाका श्री मेहर गणका गणपति, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष लगायतको पनि उपस्थिति थियो।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । माछापुच्छ्रे बैँकले विदेशमा रहेका नेपालीहरूलाई त्यहाँकै स्थानीय मोबाइल नम्बरमा मोबाइल बैङ्किङ सेवा उपलब्ध गराइरहेको छ । एक वर्षअघि यस्तो सेवा सुरु गरेको बैँकले हाल विश्वका विभिन्न २९ देशमा छरिएर रहेका नेपालीहरूलाई यस किसिमको सेवा दिन थालेको हो ।
बैँकका अनुसार हाल यस किसिमको सेवा अस्ट्रेलिया, बहराइन, बङ्ग्लादेश, बेल्जियम, भुटान, ब्राजिल र कम्बोडियाका लागि उपलब्ध छ । त्यस्तै क्रोएसिया, साइप्रस, डेनमार्क, फ्रान्स, जर्मनी, इजरायल, इटाली र जापानमा रहेका नेपालीहरूले समेत स्थानीय मोबाइल नम्बरबाट बैँकिङ सुविधा प्रयोग गर्न सक्छन् । यस बाहेक कुवेत, मलेसिया, म्यानमार, न्युजिल्यान्ड, ओमान, कतार, साउदी अरब, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, थाइल्यान्ड, यूएई, बेलायत, अमेरिका र क्यानडाका लागि समेत मोबाइल बैङ्किङ सेवा उपलब्ध छ ।
निकट भविष्यमा थप १० देशमा यो सुविधा विस्तार गर्ने तयारी चलीरहेको माछापुच्छ्रे बैँकका चिफ डिजिटल बैँकिङ अफिसर माधव सुवेदीले बताए । विदेशमा रहेका नेपालीहरूले सम्बन्धित देशकै मोबाइल नम्बरबाट मोबाइल बैङ्किङ सेवा चलाउन सक्ने यो सुविधाका लागि बैँकले जानकी टेक्नोलोजी तथा स्पारो एसएमएससँग सहकार्य गरेको छ ।
यो सुविधाबाट विदेशमा रहेका नेपालीहरूले नेपालमै रहेका प्रयोगकर्ता सरहको मोबाइल बैङ्किङमार्फत रकम ट्रान्सफर, भुक्तानी लगायतका सेवा सहजै प्रयोग गर्न सक्ने बताइएको छ ।
विदेशबाट कसरी लिने माछापुच्छ्रेको मोबाइल बैङ्किङ सेवा ?
माछापुच्छ्रे बैँकमा खाता रहेका ग्राहकले उल्लिखित २९ मध्येका कुनै पनि देशबाट स्थानीय मोबाइल नम्बरमा मोबाइल बैङ्किङ सेवा तत्काल सुरु गर्न सक्छन् । मोबाइल बैङ्किङ एप वा वेबसाइटमा यसका लागि तत्काल प्रक्रिया अघि बढाउने छुट्टै विकल्प भने उपलब्ध छैन । त्यसैले यसका लागि मोबाइल नम्बरको स्वघोषणा फाराम भरेर आधिकारिक ईमेलमार्फत बैँकलाई अनुरोध गर्नुपर्ने हुन्छ । (फाराम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्)
ग्राहकको अनुरोधको आधारमा हस्ताक्षर प्रमाणीकरण लगायतका काम सम्पन्न गरी बैँकले उनीहरूका विदेशी नम्बरमा मोबाइल बैङ्किङ एक्टिभ गरी दिन्छ । सामान्यतया २४ घण्टाभित्र विदेशी नम्बरमा मोबाइल बैङ्किङ एक्टिभ गरिने बैँकले जनाएको छ । यो सेवा विदेशमा रहने सबै नेपालीहरू प्रति लक्षित गरी ल्याइएको माछापुच्छ्रे बैँकले जनाएको छ । उसका अनुसार अहिलेसम्म यो सेवा लिने ग्राहकको सङ्ख्या हजारौँमा रहेको छ ।
माछापुच्छ्रे बैँकमा खाता नभएकाले के गर्ने ?
यदि तपाईँ विदेशमा हुनुहुन्छ र त्यहीँबाट माछापुच्छ्रे बैँकको मोबाइल बैङ्किङ सेवा प्रयोग गर्न खोजी रहनु भएको छ भने त्यसको पनि विकल्प उपलब्ध छ । तर यसका लागि तपाईँले सबैभन्दा पहिला अनलाइनबाट माछापुच्छ्रे बैँकमा खाता खोल्नु पर्ने हुन्छ (अनलाइनमार्फत माछापुच्छ्रे बैँकमा खाता खोल्न यहाँ क्लिक गर्न सक्नु हुन्छ) । खाता खोल्ने क्रममा मोबाइल बैङ्किङ सेवा लिन चाहेको मोबाइल नम्बरमा आफूले प्रयोग गरिरहेको विदेशी नम्बर समेत राख्न सक्नु हुन्छ । खाता खोलीसकेपछि तपाईँले भिडिओ केवाईसी भर्नुपर्ने हुन्छ । यति गरेसँगै तपाईँले बैङ्किङ कारोबार गर्न बैँकको कार्यालयसम्म पुगी रहनु पर्दैन ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १९:४८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिज अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालले टस जितेको छ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै डच टोलीलाई ब्याटिङको निम्तो दिएका छन्।
नेपालले यसअघि भएको खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो। उक्त खेल नेपालको १००औं टी-२०आई खेल पनि थियो।
नेपालले त्यसपछि स्कटल्याण्डमाथि भने २ विकेटको जित निकालेको थियो। उक्त ‘लो स्कोरिङ’ खेल पनि अन्तिम ओभरको पाँचौं बलसम्मै पुगेको थियो।
नेदरल्याण्ड्सले भने यस शृंखलामा दुई जित निकालेको छ। आइतबार घरेलु टोली स्कटल्याण्डसँग ३९ रनले पराजित भएपनि नेपाललाई हराएपछि बुधबार स्कटल्याण्डलाई हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री अजयकुमार चौरसियाले न्यायालयलाई प्रभावित पारेको आरोप लगाएका छन् । बिहीबार बैठक खर्च कटौती सम्बन्धी प्रस्तावमा आफ्नो विचार राख्दै उनले कानुन मन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने माग राखेका हुन् ।
उनले भने, “म बारम्बार भन्छु, नेता र न्यायाधीशको मोबाइलको कल डिटेल सार्वजनिक होस् । म सुन्दै आइरहेको छु कि कानुन मन्त्री जी कसैको मुद्दा छ भने एक नम्बर न्यायाधीशलाई कल गर्नुहुन्छ । उच्चमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नुहुन्छ । सर्वोच्चमा छ भने न्याय परिषद्मा फोन गर्नुहुन्छ । त्यस कारणले म सदनसँग माग गर्न चाहन्छु कि कानुन मन्त्रीले न्यायाधीशसँग कुरा किन गर्ने ?”
प्रधान न्यायाधीश न्याय परिषद्को अध्यक्ष भएको बताउँदै उनले सांसद मन्त्रीले न्यायालय प्रभावित पार्न नमिल्ने तर्क गरे । कल डिटेल मागेर हेर्दा आफ्नो दाबी गलत निस्किएमा सांसद पद त्याग्न समेत तयार रहेको चुनौती सांसद सिंहले दिए ।
नेपालको न्याय प्रणाली महँगो भएको भन्दै न्यायालयबाट ठुलाबडा उम्कने गरेको समेत उनले आरोप लगाएका छन् । न्यायालयलाई माकुराको जालोसँग तुलना गर्दै सांसद सिंहले भने, “एउटा फिलोसफरले भनेका छन् माकुराको जालो हो, जहाँ साना किरा मकौरा त्यसमा अल्झेर मर्छ र ठुला बाघ, भालु, चित्तलले त्यसलाई चिरेर अघि बढ्छन् । अहिले न्यायपालिका त्यही भइरहेको छ ।”
कुनै परीक्षा लिएर भन्दा पनि दलको सिफारिसमा उच्च तथा सर्वोच्चको न्यायाधीश हुने गरेको भन्दै उनले न्याय परिषद्को विघटनको माग समेत गरेका छन् । न्याय परिषद्मा पोलिटिकल सिन्डिकेट रहेको आरोप समेत उनले लगाए । ठुला ठुला मुद्दामा पीडितले न्याय नपाएको बताउँदै उनले दलीय भागबन्डामा न्यायाधीश नियुक्ति गर्दा नेपाली जनताले न्याय नपाएको दाबी गरे ।
यता सांसद सिंहको उक्त अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेसका सांसद एवम् सचेतक सुशीला थिङले आपत्ति जनाएकी छिन् । प्रतिनिधि सभाको नियम २३ मा प्रयोग भएको सम्बद्धता शब्दको विपरीत गएर कानुन मन्त्रीको कल डिटेलको कुरा गरेको भन्दै उनले सांसद सिंहको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन माग गरेकी हुन् ।
उनले सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराउँदै भनिन्, “नियम २३ मा सदस्यले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको विषयसँग सम्बद्ध हुनुपर्ने भनिएको छ । कानुन मन्त्रीको कल डिटेलको कुरा तत्काल सम्बद्ध विषय भएन । त्यसैले यो शब्द रेकर्डबाट हटाइयोस् ।”
पछिल्लो अध्यावधिक: असार ५, २०८२ २०:१२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– काठमाडौँ महानगरपालिका–१५ स्थित अजिमा हल नजिकबाट प्रहरीले लागुऔषध सहित एक जना युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको जनकपुर घर भएर अजिमा हल नजिकै डेरामा बस्दै आएकी २० वर्षीया मनिषा ठाकुर छिन्।
उनको डेरा खानतलासी गर्दा २१ हजार ५ सय पिस ट्रामाडोल चक्की, फेनारगन २६० पिस, डाइजेपाम २६० पिस र नुर्फिन २६० पिस फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए।
असार ४ मा आरोपीको डेरा खानतलासी गरेर प्रहरीले २ लाख २५ हजार नगद पनि बरामद गरेको थियो। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले हाल स्वास्थ्य मन्त्रालयबाट प्रस्तावित दरबन्दी संरचनामा प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोप्रति गम्भीर आपत्ति जनाउँदै मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ।
मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले स्वास्थ्य सेवामा कामको चाप दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको बेला प्रयोगशाला सेवाको दरबन्दी झनै घटाइएको हुँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रभावित हुने खतरा रहेको बताएका छन्।
‘प्रयोगशालामा जनशक्ति व्यवस्थापन कार्यभारको अनुपातमा हुनुपर्छ भनेर हामीले मन्त्रालयलाई ध्यानाकर्षण गराएका छौं ,’ अध्यक्ष खड्काले भने।
उस्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेको प्रयोगशाला सेवालाई उपेक्षा गर्नु सरकारकै नीति–नियमको विपरित रहेको उनको भनाइ छ। कोरोनाको महामारीमा देशभर प्रयोगशालाहरूको महत्त्व देखिएकै अवस्थामा त्यसको दरबन्दी कटौती हुनु न्यायसंगत नभएको मेलानको ठहर छ।
मेलानले स्वास्थ्य सेवा सुधार गर्न विज्ञान आधारित, प्रमाणिक र दक्ष जनशक्ति व्यवस्थापनमै जोड दिनुपर्ने भन्दै मन्त्रालयसँग प्रयोगशाला सेवा क्षेत्रको दरबन्दी पुनरावलोकन गर्न माग गरेको छ।
सामाग्री श्रोत :
swasthyakhabar