२०८२ असार ६ शुक्रबार
LATEST NEWS
२०८२ असार ६ शुक्रबार

विदेशमा आफूले चलाइरहेको मोबाइल नम्बरबाट प्रयोग गर्न सकिन्छ माछापुच्छ्रेको मोबाइल बैङ्किङ सेवा

काठमाडौँ । माछापुच्छ्रे बैँकले विदेशमा रहेका नेपालीहरूलाई त्यहाँकै स्थानीय मोबाइल नम्बरमा मोबाइल बैङ्किङ सेवा उपलब्ध गराइरहेको छ । एक वर्षअघि यस्तो सेवा सुरु गरेको बैँकले हाल विश्वका विभिन्न २९ देशमा छरिएर रहेका नेपालीहरूलाई यस किसिमको सेवा दिन थालेको हो ।

बैँकका अनुसार हाल यस किसिमको सेवा अस्ट्रेलिया, बहराइन, बङ्ग्लादेश, बेल्जियम, भुटान, ब्राजिल र कम्बोडियाका लागि उपलब्ध छ । त्यस्तै क्रोएसिया, साइप्रस, डेनमार्क, फ्रान्स, जर्मनी, इजरायल, इटाली र जापानमा रहेका नेपालीहरूले समेत स्थानीय मोबाइल नम्बरबाट बैँकिङ सुविधा प्रयोग गर्न सक्छन् । यस बाहेक कुवेत, मलेसिया, म्यानमार, न्युजिल्यान्ड, ओमान, कतार, साउदी अरब, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, थाइल्यान्ड, यूएई, बेलायत, अमेरिका र क्यानडाका लागि समेत मोबाइल बैङ्किङ सेवा उपलब्ध छ ।

निकट भविष्यमा थप १० देशमा यो सुविधा विस्तार गर्ने तयारी चलीरहेको माछापुच्छ्रे बैँकका चिफ डिजिटल बैँकिङ अफिसर माधव सुवेदीले बताए । विदेशमा रहेका नेपालीहरूले सम्बन्धित देशकै मोबाइल नम्बरबाट मोबाइल बैङ्किङ सेवा चलाउन सक्ने यो सुविधाका लागि बैँकले जानकी टेक्नोलोजी तथा स्पारो एसएमएससँग सहकार्य गरेको छ ।

यो सुविधाबाट विदेशमा रहेका नेपालीहरूले नेपालमै रहेका प्रयोगकर्ता सरहको मोबाइल बैङ्किङमार्फत रकम ट्रान्सफर, भुक्तानी लगायतका सेवा सहजै प्रयोग गर्न सक्ने बताइएको छ ।

विदेशबाट कसरी लिने माछापुच्छ्रेको मोबाइल बैङ्किङ सेवा ?

माछापुच्छ्रे बैँकमा खाता रहेका ग्राहकले उल्लिखित २९ मध्येका कुनै पनि देशबाट स्थानीय मोबाइल नम्बरमा मोबाइल बैङ्किङ सेवा तत्काल सुरु गर्न सक्छन् । मोबाइल बैङ्किङ एप वा वेबसाइटमा यसका लागि तत्काल प्रक्रिया अघि बढाउने छुट्‍टै विकल्प भने उपलब्ध छैन । त्यसैले यसका लागि मोबाइल नम्बरको स्वघोषणा फाराम भरेर आधिकारिक ईमेलमार्फत बैँकलाई अनुरोध गर्नुपर्ने हुन्छ । (फाराम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्)

ग्राहकको अनुरोधको आधारमा हस्ताक्षर प्रमाणीकरण लगायतका काम सम्पन्न गरी बैँकले उनीहरूका विदेशी नम्बरमा मोबाइल बैङ्किङ एक्टिभ गरी दिन्छ । सामान्यतया २४ घण्टाभित्र विदेशी नम्बरमा मोबाइल बैङ्किङ एक्टिभ गरिने बैँकले जनाएको छ । यो सेवा विदेशमा रहने सबै नेपालीहरू प्रति लक्षित गरी ल्याइएको माछापुच्छ्रे बैँकले जनाएको छ । उसका अनुसार अहिलेसम्म यो सेवा लिने ग्राहकको सङ्ख्या हजारौँमा रहेको छ । 

माछापुच्छ्रे बैँकमा खाता नभएकाले के गर्ने ?

यदि तपाईँ विदेशमा हुनुहुन्छ र त्यहीँबाट माछापुच्छ्रे बैँकको मोबाइल बैङ्किङ सेवा प्रयोग गर्न खोजी रहनु भएको छ भने त्यसको पनि विकल्प उपलब्ध छ । तर यसका लागि तपाईँले सबैभन्दा पहिला अनलाइनबाट माछापुच्छ्रे बैँकमा खाता खोल्नु पर्ने हुन्छ (अनलाइनमार्फत माछापुच्छ्रे बैँकमा खाता खोल्न यहाँ क्लिक गर्न सक्नु हुन्छ) । खाता खोल्ने क्रममा मोबाइल बैङ्किङ सेवा लिन चाहेको मोबाइल नम्बरमा आफूले प्रयोग गरिरहेको विदेशी नम्बर समेत राख्न सक्नु हुन्छ । खाता खोलीसकेपछि तपाईँले भिडिओ केवाईसी भर्नुपर्ने हुन्छ । यति गरेसँगै तपाईँले बैङ्किङ कारोबार गर्न बैँकको कार्यालयसम्म पुगी रहनु पर्दैन । 

पछिल्लो अध्यावधिक: असार ५, २०८२ १९:४८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट