२०८२ असार ६ शुक्रबार
LATEST NEWS
२०८२ असार ६ शुक्रबार

अब नेपालखबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार डिलिट गर्नु नपर्ने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमान्डु अनलाइनविरुद्ध दायर गरेको निषेधाज्ञाको निवेदन काठमाडौँ जिल्ला अदालतले खारेज गरिदिएको छ । जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको एकल इजलासले दुई दिनसम्म चलेको सुनुवाइपछि बिहीबार रिट निवेदन खारेज गर्ने आदेश दिएको हो ।

यो आदेशसँगै श्रेष्ठका विषयमा प्रकाशित समाचार सामग्री हटाउन अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश पनि निष्क्रिय भएको छ । अब दुवै सञ्चार माध्यमले ती समाचार हटाउनुपर्ने छैन । यसअघि आफ्नो विषयमा प्रकाशित समाचारलाई लिएर श्रेष्ठले नेपालखबर र बिजमान्डु विरुद्ध निषेधाज्ञा माग गर्दै अदालतमा निवेदन दिएका थिए ।

सोही निवेदनको विषयमा यसअघि २७ जेठमा न्यायाधीश पीताम्बर शर्माको इजलासले एकपक्षीय सुनुवाइ गर्दै समाचार हटाउन र थप समाचार प्रकाशन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतको उक्त आदेशको नेपाल पत्रकार महासङ्घलगायत मिडिया सम्बद्ध सङ्घसंस्थाले आलोचना गर्दै खारेजीको माग गरेका थिए । 

अदालतले श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले उनको विषयमा प्रश्न उठ्नु स्वाभाविक रहेको भन्दै रिट निवेदन खारेज गरेको हो । सुनुवाइका क्रममा श्रेष्ठको नाममा बिचौलियाले कमिसन मागेको भिडिओ समेत प्रमाणका रूपमा प्रस्तुत गरिएको बिजमाण्डुले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८२ १८:१६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट