२०८२ असार ३१ मंगलवार
LATEST NEWS
२०८२ असार ३१ मंगलवार

फिजियोथेरापी दरबन्दी नबढाइएकोमा नेपाल फिजियोथेरापी संघको आपत्ति

काठमाडौं– नेपाल फिजियोथेरापी संघले स्वास्थ्य सेवा समूहको संघीय दरबन्दीमा फिजियोथेरापी सेवाका लागि दरबन्दी नबढाइएकोप्रति गम्भीर आपत्ति र असन्तुष्टि जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल र स्वास्थ्य संस्थाका लागि हालै बनाएको नयाँ दरबन्दी संरचनामा फिजियोथेरापी सेवाका लागि दरबन्दी नबढाइएको भन्दै संघले विज्ञप्ति मार्फत आपत्ति जनाएको हो।

संघका पदाधिकारीहरूले २०७५ असार ३ र ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गरी फिजियोथेरापी सेवाको आवश्यकता, वर्तमान अवस्था र राष्ट्रिय महत्वबारे ध्यानाकर्षण गराएका थिए। तर, सरकारले दरबन्दी यथावत राख्ने निर्णय गरेकोमा संघले यो निर्णयलाई ‘दुर्भाग्यपूर्ण’ भनेको छ।

फिजियोथेरापी सेवा नेपालमा आधारभूत र अत्यावश्यक स्वास्थ्य सेवाका रूपमा स्थापित छ। बढ्दो जनसंख्या, दुर्घटना, र दीर्घकालीन रोगहरूको उपचारमा यसको माग तीव्र रूपमा बढिरहेको छ। यस्तो अवस्थामा दरबन्दी नबढाउनुले सेवा विस्तारमा बाधा पुगेको संघको ठहर छ। 

संघले दक्ष फिजियोथेरापिस्टहरू वैदेशिक अवसर खोज्दै विदेशिन बाध्य भएको अवस्थालाई पनि चुनौतीपूर्ण भनेको छ। जनस्वास्थ्यमा प्रभावकारी पुनर्स्थापना सेवा सुनिश्चित गर्न दरबन्दी पुनरावलोकन र वृद्धि गर्नुपर्ने संघको माग छ।

संघले स्वास्थ्य नीतिमा फिजियोथेरापी सेवालाई संस्थागत गर्न, नीति निर्माणमा पेशागत सहभागिता सुनिश्चित गर्न र सेवा पहुँच वृद्धिका लागि सरकारसँग निरन्तर संवाद गर्दै आएको छ। 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?