२०८२ असार ५ बिहीबार
LATEST NEWS
२०८२ असार ५ बिहीबार

एमडीजीपीको दरबन्दी न्यून राखिएकोमा प्राथमिक चिकित्सक तथा आकस्मिक चिकित्सा संघ नेपालको ध्यानाकर्षण

काठमाडौं – सरकारले हाल अघि बढाएको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणप्रति प्राथमिक चिकित्सक तथा आकस्मिक चिकित्सा संघ नेपाल (जीपीईएमएएन) ले गम्भीर ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. पुष्प मणि खरालले एक विज्ञप्ति जारी गर्दै नेपालका दुर्गम अस्पतालहरूमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न एमडीजीपी चिकित्सकको दरबन्दी न्यून राखिएकोप्रति चिन्ता व्यक्त गरेका हुन्।

संघले भनेको छ,  ‘ एमडीजीपी बिशेषज्ञ चिकित्सकहरू स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड सरह हुन्, जसले आधारभूत, आकस्मिक र सर्जिकल सेवा समेत एकैसाथ प्रदान गर्न सक्ने क्षमता राख्छन्। तर सरकारले हालको ओएन्डएम प्रक्रियामा उक्त बर्गका चिकित्सकहरूको भूमिका र आवश्यकता न्यून आंकिएको देखिन्छ, जसले दुर्गम क्षेत्रका अस्पतालहरूमा सेवा प्रवाहमा प्रतिकूल असर पार्ने छ।’

एक स्थानीय तहमा कम्तीमा एक जना एमडीजीपी बिशेषज्ञ अनिवार्य गरिए मात्र दिगो विकास लक्ष्य (एसडीजी) प्राप्त गर्न सकिने संघको बुझाइ छ।

संघले स्वास्थ्य बिमा कार्यक्रमको सफल कार्यान्वयनका लागि पनि कन्सल्टेन्ट मेडिकल जनरलिस्ट वा एमडीजीपी चिकित्सकमा आधारित कार्ययोजना निर्माण गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ। यसरी मात्र जनताको पहिलो सम्पर्क बिन्दुका रूपमा रहेका अस्पतालहरूमा प्रभावकारी सेवा प्रवाह सम्भव हुने संघको धारणा छ।

संघले सरकारसँग ओएन्डएम सर्वेक्षण पुनः समीक्षा गरी एमडीजीपी विशेषज्ञ चिकित्सकहरूको दरबन्दी पर्याप्त मात्रामा कायम गर्न र उनीहरूको भूमिकालाई संस्थागत रूपमा मान्यता दिन जोडदार माग गरेको छ।


 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट