२०८२ भाद्र १९ बिहीबार
२०८२ भाद्र १९ बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

एजेन्सी –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरेका छन् । बीबीसीको अमेरिकास्थित साझेदार सीबीएस न्यूजका अनुसार आक्रमणको योजना स्वीकृत गरे पनि प्रत्यक्ष सहभागी हुने कि इजरायललाई सहयोग गर्ने भन्ने विषयमा भने निर्णय गर्न बाँकी छ । 

सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोत र रक्षा मन्त्रालयका अधिकारीले यसबारे जानकार दिएको उल्लेख गरेको छ । स्रोतका अनुसार ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम अन्त्य गर्ने सन्दर्भमा सम्भावित कूटनीतिक वार्ताको अवसरका लागि हमलाको निर्णय तत्काल नगरेका हुन् । यसबारे दि वाल स्ट्रिट जर्नलले यसअघि नै समाचार प्रकाशित गरे पनि ह्वाइट हाउसले कुनै प्रतिक्रिया नजनाएको सीबीएस न्यूजले उल्लेख गरेको छ । 

Ncell 2
Ncell 2

ट्रम्पले हिजो पत्रकारहरुसँगको कुराकानीमा युद्धमा अवस्था परिवर्तन भइरहने भन्दै आफूले अन्तिम क्षणमै अन्तिम निर्णय लिने गरेको बताएका थिए । इरानले भने दबाबमा वार्ता नगर्ने स्पष्ट गर्दै अमेरिकी आक्रमणको प्रतिउत्तर दिने चेतावनी दिइसकेको छ । अमेरिकी गुप्तचर अधिकारीका अनुसार इरानले अमेरिकी सैन्य अड्डामा आक्रमणको तयारी गरिसकेको छ । 

इजरायलले गत हप्ताको शुक्रबारदेखि इरानी सैन्य र आणविक संरचनामाथि आक्रमण गरिरहेको छ । यो आक्रमणमा अमेरिका हालसम्म संलग्न भएको छैन । यद्यपि ट्रम्पले यसअघि इरानलाई विनाशर्त आत्मसर्मपण गर्न चेतावनी दिइसकेका छन् । ‘हामीलाई इरानी सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको ठेगाना थाहा छ, तर अहिले नै हत्या गर्ने योजना छैन’, ट्रम्पले सामाजिक सञ्जाल सोसल ट्रुथमा भनेका छन् । ट्रम्पको यो भनाइपछि इरानी नेता खामेनीले कडा शब्दमा प्रतिवाद गरेका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट