२०८२ असार ५ बिहीबार
२०८२ असार ५ बिहीबार

आँधीखोला संरक्षण अभियन्तालाई रड हान्ने एक जना पक्राउ, वडाध्यक्ष अझै फरार

स्याङ्जा– स्याङ्जामा आँधीखोला संरक्षण अभियन्तामाथि रड प्रहार गरी कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अदालतबाट म्याद लिएको छ।

वडा प्रहरी कार्यालय वालिङले कुटपिट अरोप संलग्न रहेको आरोपमा वालिङ नगरपालिका– ८ का साजन पंगेनीलाई पक्राउ गरी बुधबार अदालतबाट ७ दिन म्याद लिएको हो।

कुटपिटमा संलग्न वालिङ–१० का वडाध्यक्ष सुनिल खनाल भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी प्रशन्नराज चौधरीले बताए। 

‘हामीले कुटपिटका घटनामा संलग्नको खोजीकार्य तीव्र पारेका छौं,’ उनले भने, ‘अहिलेसम्म भेटिएका छैनन्।’

मंगलबार वडाध्यक्ष खनाल र पंगेनीले आँधीखोला संरक्षण अभियन्ता मेघ आले र दिनकर नेपाललाई बाटो छेकेर रड प्रहार गरेका थिए।

Ncell 2
Ncell 2

आले र नेपालले वडाध्यक्ष खनाल र पंगेनीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए।

कुटपिटमा संलग्न खनाल नेपाली कांग्रेसबाट गत स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए।

आँधीखोला नदीमा गैरकानुनी रूपमा डोजर प्रयोग गरी उत्खनन् गरेको भन्दै उनीहरूले मंगलबार विरोध कार्यक्रम राखेका थिए।

कार्यक्रममा नदी संरक्षण अभियन्ता आलेले अहिलेका कानुन अनुसार नदीमा डोजर प्रयोग गर्न नहुने र ढुंगा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थ निकाल्नुअघि वातावरणीय अध्ययन गर्नुपर्ने धारणा राखेका थिए। 

आँधीखोलामा स्थानीय प्रशासन र जनप्रतिनिधिकै मिलोमतोमा गैरकानुनी दोहन भएको भन्दै उनीहरूले आँधीखोला बचाउ अभियान थालेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट