२०८२ असार ५ बिहीबार
२०८२ असार ५ बिहीबार

एआईले प्रविधि क्षेत्रकै कर्मचारीको जागिर जोखिममा: अमेजन सीईओ

काठमाडौँ । अमेजनका सीईओ एन्डी ज्यासीले आगामी केही वर्षभित्र एआईको प्रयोगले ठूला टेक कम्पनीहरूको कर्मचारी कटौती हुने चेतावनी दिएका छन् । मंगलबार कर्मचारीहरूलाई पठाइएको एक मेमोमा उनले कर्मचारीहरूलाई एआईप्रति जिज्ञासु बन्न आग्रह गर्दै भविष्यमा एआईमार्फत काम गर्ने तरिका परिवर्तन हुने बताएका हुन् ।

एआईले कामदारहरू प्रतिस्थापन गर्नसक्छ भन्ने विषयमा बहस चलिरहँदा, सबैभन्दा बढि एआई प्रयोग गर्ने कम्पनीमा ठूला टेक कम्पनीहरू रहेको उनको भनाइ छ । बीबीसीमा प्रकाशित एक समाचारका अनुसार एआईले काम गर्ने क्षमता बढाइरहँदा कम्पनीहरूले जनशक्तिको सङ्ख्या घटाउने निर्णय गर्ने एन्डीले उल्लेख गरेका थिए ।

“हामीले आज गरिरहेको कामका लागि कम मान्छे चाहिन सक्छ भने भोलिको दिनमा गर्नुपर्ने कामका लागि धेरै मान्छे आवश्यक पर्नसक्छ,” उनले मेमोमा लेखेका छन्, “यो कसरी सन्तुलनमा आउँछ भन्न गाह्रो छ, तर केही वर्षभित्र एआई प्रयोगबाट काम गर्ने क्षमता बृद्धि हुँदा त्यसले कर्पोरेट कर्मचारीको सङ्ख्या भने घटाउने अपेक्षा गरिएको छ।”

अमेजनले अहिले नै कम्पनीका हरेक कुनामा एआई प्रयोग गरिरहेको उनले जनाएका छन् । उनका अनुसार, भविष्यमा एआई एजेन्टहरूले किनमेलदेखि दैनिक कामकाजसम्म सहज बनाउनेछन् । हाल अमेजनमा विश्वभर १५ लाखभन्दा बढी कर्मचारी कार्यरत छन्, जसमा करिब तीन लाख ५० हजार जना कर्पोरेट कार्यालयमा छन् ।

एआईको विकाससँगै प्रविधि कम्पनीहरूले आफ्नो लगानी बढाइरहेका छन्, तर यसको साथसाथै कार्यालयका सुरुवाती चरणका जागिरहरू (entry-level jobs) सकिने चिन्ता पनि बढ्दो छ । अमेजनका अनुसार, अहिले नै पाँच लाखभन्दा बढी बिक्रेताहरूले उत्पादन विवरण तयार गर्न एआई प्रयोग गरिरहेका छन् भने विज्ञापनदाताहरूले पनि कम्पनीको एआई उपकरण प्रयोग गर्न थालेका छन् । 

पछिल्लो अध्यावधिक: असार ४, २०८२ १९:५६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट