२०८२ असार ५ बिहीबार
LATEST NEWS
२०८२ असार ५ बिहीबार

आईएमई पे र खल्तीको मर्जरलाई नेपाल राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति प्रदान

काठमाडौँ । डिजिटल वालेट आईएमई पे र खल्तीबीच हुने मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति पत्र प्रदान गरेको छ । नेपालको इतिहासमै दुई ठुला डिजिटल वालेट एक भएर एकीकृत  कारोबार हुन लागेको यो पहिलो पटक हो । बुधबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस विषयमा जानकारी दिएको हो । 

आईएमई पे र खल्तीको एकीकृत  कारोबार पश्चात् आधिकारिक रुपमा कम्पनीको नाम आइएमई खल्ती लिमिटेड रहनेछ भने एपको नाम खल्ती नै रहने कम्पनीले बताएको छ । नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि  अन्तिम स्वीकृति पाएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीब्र रुपमा चल्ने विज्ञप्तिमा उल्लेख छ ।

यसका लागि दुवै एप ,आइएमई पे र खल्ती यथावत्  रूपमा सञ्चालनमा रहनेछन्  । दुबै  वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू ,खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू  पनि उल्लिखित समयमा एकीकृत हुने बताइएको छ ।  

“खल्ती र आइएमई पे दुवैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ । नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि  अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन्,” विज्ञप्तिमा उल्लेख छ ।  

“खल्ती वालेटले आगामी  दिनहरूमा प्रयोगकर्ताहरूलाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्नेछ । एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा  प्राप्त गर्न सक्नेछन् भने एप मार्फत नै बैंक खाता खोल्न, भिजा  कार्ड प्राप्त गर्न सक्नेछन् साथै भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच  विस्तार पनि खल्ती एप मै हुनेछ,” विज्ञप्तिमा लेखिएको छ । 

पछिल्लो अध्यावधिक: असार ४, २०८२ १८:४२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट