२०८२ आश्विन २८ मंगलवार
LATEST NEWS
२०८२ आश्विन २८ मंगलवार

कर्णाली, पाटन, पोखरा र बीपी प्रतिष्ठानका उपकुलपतिका लागि कति चाहिन्छ योग्यता र अनुभव?

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रिक्त रहेका उपकुलपति पदमा नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ। 

उपकुलपतिका लागि नाम सिफारिस समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै प्रक्रिया अगाडि बढाएको हो। समितिले सात दिनभित्र इच्छुक उम्मेदवारहरुलाई आवेदन दिन भनेको छ।

समितिले पाटन, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयले सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो।

समितिले चार वटै प्रतिष्ठानमा उपकुलपतिको नाम सिफारिसका सम्बन्धी कार्यविधि समेत बनाएको छ।

कार्यविधि अनुसार कर्णाली बाहेक अन्य तीनवटा प्रतिष्ठानको उपकुलपतिका लागि आवश्यक योग्यता र अनुभव समान रहेको छ। 

कुन प्रतिष्ठानका लागि कति चाहिन्छ योग्यता र अनुभव?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान:
– मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको
–    कम्तिमा सहप्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तिमा दशौं तह वा सो सरहको पदमा काम गरेको

पाटन, पोखरा र बीपी प्रतिष्ठान :
– मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको
–    कम्तिमा प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तिमा एघारौं तह वा सो सरहको पदमा काम गरेको।

हेरौं विस्तृत विवरण

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट