२०८२ असार ४ बुधबार
LATEST NEWS
२०८२ असार ४ बुधबार

एएनएमएफको २९ औं साधारण सभामा २ करोड २२ लाख उठ्यो, नेपालका यी क्षेत्रले पाउने छन् सहयोग

काठमाडौं- अमेरिकाको वासिङ्टन डिसीमा हालै सम्पन्न अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) को २९ औं साधारण सभामा एक लाख ६० हजार हजार डलर अर्थात दुई करोड २२ लाख नेपाली रुपैयाँ आर्थिक संकलन भएको छ।

नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगका लागि उक्त रकम संकलन भएको हो।जुन १३ शुक्रबार देखि जुन १५ आइतबारसम्म चलेको साधारण सभामा संकलित उक्त रकम नेपालका विभिन्न क्षेत्रमा हस्तान्तरण गरिने एएनएमएफले जनाएको छ।

सधारण सभामा दिइएको जानकारी अनुसार उठेको १ लाख ६० हजार डलर मध्ये धेरै रकम भने वरिष्ठ मुटु शल्यचिकित्सक डा भगवान कोइरालको अगुवाइमा बनिरहेको बाल अस्पतालमा एनआइसीयूका लागि उपलब्ध गराइने छ। 

यसका साथै संकलित रकमबाट नेपालमा स्तन क्यान्सरको पहिचानका लागि मोबाइल म्यामोग्राम भ्यान खरिद र अन्य परियोजनाका लागि पनि उपलब्ध गराइने साधारण सभामा जानकारी दिइएको छ। एएनएमएफले स्थापना कालदेखि नेपालको स्वास्थ्य र चिकित्सा शिक्षाका क्षेत्रमा ३०० वटा परियोजनामा काम गरिसकेको छ। 

यसैगरी, साधारण सभाले वर्तमान अध्यक्ष डा बिष्णु सापकोटालाई पुन: अध्यक्षमा निर्वाचित गरेको छ। उपाध्यक्षमा डा नारायण न्यौपाने, महासचिवमा डा नविन कैनी, सहसचिवमा डा विकाश भट्टराई, कोषाघ्यक्षमा डा कल्पना श्रेष्ठ र सह कोषाध्यक्षमा डा सुशील सुवेदी निर्वाचित भएका छन्। 

यसैगरी सदस्यहरुमा डा विकास भट्टराई, डा विनोद ढुंगाना, डा विवेक वाग्ले, डा विनोद खड्का, डा डिल्ली भुर्तेल, डा गणेश चौधरी, डा जीवन लामिछाने, श्रद्धा मानन्धर, उपेन्द्र काफ्ले, डा राजु सेन्चुरी, डा लक्ष्मण तिवारी, डा वीरेन्द्र शाह, डा सन्तोष सापकोटा, डा सरोज कँडेल, डा श्याम पौडेल, डा निता थापा, डा समिर गौतम, डा अनन्ता सुवेदी, डा भुपेस खड्का, डा मार्भिन ब्रुस्टिन निर्वाचित भएका छन्।

साधारण सभामा आयोजक समितिका चिकित्सक दिनेश सुवेदीलाई सम्मान समेत गरिएको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट