काठमाडौं- पाटन, पोखरा, कर्णाली र वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयले सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो।
स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नु पर्नेछ। यदि अन्तिम दिन सार्वजनिक बिदा परेमा, सोको भोलिपल्टसम्म आवेदन दिन सकिनेछ।
आवेदनका लागि आवश्यक सम्पूर्ण विवरण तथा कागजातहरूको सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइट (https://mohp.gov.np/) मा उपलब्ध छ।
सामाग्री श्रोत :
swasthyakhabar

