२०८२ असार ३ मंगलवार
२०८२ असार ३ मंगलवार

इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए

काठमाडौं– इजरायल र इरानबीचको द्वन्द्व पाँचौं दिन पनि जारी छ। इरानले मंगलबार तेल अभिभमा रहेको इजरायलको गुप्तचर एजेन्सी मोसादको मुख्यालयमा हवाई आक्रमण गरेको छ। यसबाहेक सैन्य गुप्तचरसँग सम्बन्धित गुप्तचर एजेन्सी एएमएएनको भवनलाई पनि निशाना बनाएको छ।

यता इजरायली हवाई आक्रमणमा इरानका उपकमाण्डर मेजर जनरल अली शादमानीको मृत्यु भएको छ। शादमान इरानको खातम-अल-अन्बिया मुख्यालय अर्थात् सैन्य आपतकालीन कमाण्डका प्रमुख थिए। उनले ४ दिन अघि मात्र यो पद सम्हालेका थिए।

जुन १३ मा इजरायली आक्रमणमा मारिएका मेजर जनरल गुलाम अली रशिदको सट्टा उनलाई यो जिम्मेवारी दिइएको थियो। रशिदको गत शुक्रबार मृत्यु भएको थियो। इजरायली आक्रमणमा हालसम्म २२४ इरानी मारिएका छन् भने १,४८१ जना घाइते भएका छन्। यसैबीच, इजरायलमा हालसम्म २४ जनाको मृत्यु भइसकेको छ भने ६०० भन्दा बढी घाइते भएका छन्।

इजरायलले भन्यो – फोर्डो आणविक स्थलमा आक्रमण गरेका छैनौं

इजरायलले इरानको फोर्डो आणविक स्थलमा अहिलेसम्म आक्रमण नगरेको बताएको छ। एक इजरायली सैन्य अधिकारीले नाम नबताउने सर्तमा इजरायली मिडियालाई यो जानकारी दिए।

ती अधिकारीले भने, ‘इजरायल आफ्नो आक्रमणका कारण कुनै पनि आणविक विपत्ति नआओस् भन्ने चाहन्छ। त्यसैले यो सतर्कता अपनाइरहेको छ।’ यद्यपि, उनले आक्रमणको सम्भावनालाई अस्वीकार गरेनन्।

Ncell 2
Ncell 2

सैन्य अधिकारीले भने, ‘इरानले अहिलेसम्म इजरायलमा लगभग ४०० ब्यालिस्टिक क्षेप्यास्त्र र सयौं ड्रोनहरू प्रहार गरिसकेको छ। यसमा नागरिक र सैन्य दुवै लक्ष्यहरू समावेश छन्।’

यसैबीच, इजरायली रक्षामन्त्री इजरायल कात्जले फोर्डोमा रहेको इरानको आणविक स्थल एउटा मुद्दा रहेको र त्यसमाथि निश्चित रूपमा छलफल गरिनेछ।’ 

इजरायलको रक्षा बल आइडीएफले सोमबार राति इरानको गोप्य सैन्य कमाण्ड केन्द्रमा बम विस्फोट गराएको दाबी गरेको छ। इरानी सेनाका वरिष्ठ अधिकारीहरूले यो कमाण्ड केन्द्र प्रयोग गरेका थिए।

आइडीएफ अपरेशन निर्देशनालयका प्रमुख मेजर जनरल ओडेड बासियुकले भने, ‘हामीले इरानको मुख्य सैन्य आपतकालीन मुख्यालय ध्वस्त पारेका छौं। आक्रमणका कारण इरानका सैन्य अधिकारीहरू भागे। यद्यपि, इजरायल इरानमा रहेका सैन्य प्रमुखहरूलाई एक-एक गरी हटाउन तयार छ।’

कमाण्ड सेन्टरमा भएको आक्रमणपछि, इजरायलले इरानका सबैभन्दा वरिष्ठ सैन्य कमाण्डर, मेजर जनरल अली शादमानीलाई हवाई आक्रमणमा मारिएका छन्। जुन १३ देखिको द्वन्द्वको क्रममा इजरायलले इरानको अधिकांश शीर्ष सैन्य कमाण्डलाई मारेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट