२०८२ असार ३ मंगलवार
LATEST NEWS
२०८२ असार ३ मंगलवार

उपेन्द्र देवकोटा फाउण्डेशनले असार ४ र ५ मा स्नायु सम्मेलन गर्दै

काठमाडौँ- उपेन्द्र देवकोटा फाउण्डेशनले यही असार ४ र ५ गते ‘स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन’ भन्ने नाराका साथ दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ। 

फाउण्डेशनले सातौँ पुण्यतिथिको अवसरमा आयोजना गर्न लागेको  हो। उक्त सम्मेलनमा न्युरो सर्जरी, न्युरो मेडिसिन, न्युरो रेडियोलोजी, न्युरो इन्टरभेन्सन, न्युरो ओटोलोजी, न्युरो एनेस्थेसिया, न्युरो साइक्याट्री, न्युरो नर्सिङ र पुनःस्थापनाजस्ता स्नायु विज्ञानका विविध विधालाई एउटै मञ्चमा छलफल गरिनेछ।

बढ्दो दरमा देखापरिरहेका स्ट्रोक, पार्किन्सन, छारे रोग, अल्जाइमरजस्ता स्नायु रोगको समयमै पहिचान र प्रभावकारी उपचार विधिबारे छलफल हुने यस सम्मेलनलाई रोग निदान तथा उपचार प्रणालीमा गुणात्मक सुधार ल्याउने अवसरका रूपमा लिइएको छ। सम्मेलनले प्राप्त तथ्यांक र सुझावले स्वास्थ्य अभ्यास र नीतिगत तहमा समेत योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

सम्मेलनमा अमेरिकास्थित हावर्ड युनिभर्सिटी अन्तर्गतको बोस्टन चिल्ड्रन अस्पताल, लण्डनको किङ्स कलेज, भारतका प्रतिष्ठित संस्था एआईआईएमएस र क्रिस्टियन मेडिकल कलेज, इजिप्ट, फ्रान्स, पाकिस्तानलगायतका देशका ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहनेछ। २५ वटा सत्रमा १३५ कार्यपत्र प्रस्तुत गरिने सम्मेलनमा व्यापक अन्तरक्रिया र विमर्श गरिनेछ।

सम्मेलनअघि असार २ र ३ गते अस्पताल परिसरमै हुने ‘प्री–कन्फरेन्स’ अन्तर्गत विभिन्न प्रयोगात्मक सीप कार्यशाला तथा प्रशिक्षण कक्षा सञ्चालन गरिनेछ। बेलायतका डा. बसेल जेबियन, डा. फ्रान्सेस्को भर्गानी, भारतका डा. आनन्द बाल सुब्रमनियम लगायत ३१ जना विज्ञहरुले फङ्कसनल न्युरोसर्जरी, इन्डोस्कोपिक ब्रेन र स्पाइन सर्जरी, न्युरो इन्डो भास्कुलर तालिम, बोटुलिनम टक्सिनको प्रयोगलगायत विषयमा ६० देखि ७० जना सहभागीलाई तालिम दिनेछन्। नर्सहरुलाई लक्षित गर्दै एडभान्स कार्डियाक लाइफ सपोर्ट तालिम पनि सञ्चालन गरिनेछ।

प्रा. डा. देवकोटाले करिब ३७ वर्षअघि सुरु गरेको आधुनिक स्नायु शल्यक्रिया तथा स्नायु विज्ञानको विकासले आज नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको आयोजक संस्थाको भनाइ छ।

फाउण्डेशनका अनुसार सम्मेलनको माध्यमबाट डा. देवकोटाको योगदानको सम्मान, कार्यको निरन्तरता तथा नेपालमा स्नायु विज्ञानको प्रवर्धन र सर्वसुलभ सेवा विस्तारका लागि आवश्यक सहकार्य र नीतिगत छलफल गरिनेछ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट