२०८२ असार २ सोमबार
LATEST NEWS
२०८२ असार २ सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्पको कम्पनीले मोबाइल सेवासँगै स्मार्टफोन सार्वजनिक गर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रमको कम्पनी ट्रम्प अर्गनाइजेसनले ‘टी१ मोबाइल’ नामक मोबाइल सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । कम्पनीले मासिक अनलिमिटेड प्लानसहिको प्याकेज र छुट्टै स्मार्टफोन आगामी सेप्टेम्बरमा सार्वजनिक गर्ने बताएको हो ।

कम्पनीका अनुसार ग्राहकले मासिक ४७.४५ डलर शुल्कमा असीमित कल, टेक्स्ट र डेटा सुविधा प्राप्त गर्नसक्ने सीएनएनमा उल्लेख छ । यो योजनालाई ‘४७ प्लान’ नाम दिइएको छ, जुन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति बनेको कुरालाई सङ्केत गर्दछ । त्यस्तै दशमलव पछिको अङ्क ४५ ले उनको अघिल्लो कार्यकाललाई प्रतिबिम्बित गर्न खोजेको छ ।

यसबाहेक, यसमा १०० भन्दा बढी देशहरूमा निःशुल्क कल सुविधा पनि समावेश हुनेछ । कम्पनीको वेबसाइटका अनुसार, यो योजनाले सडक सहायता र ‘टेलिहेल्थ एन्ड फार्मेसी बेनिफिट’ समेत प्रदान गर्नेछ ।

मोबाइल सेवाका साथै ट्रम्प अर्गनाइजेसनले ‘टी१’ नामक स्मार्टफोन पनि बजारमा ल्याउने घोषणा गरेको छ, जसको मूल्य ४९९ डलर तोकिएको छ । सार्वजनिक गरिएको फोनको तस्विरमा एउटा सुनौलो रङ्गको उपकरण देखाइएको छ, जसमा ‘मेक अमेरिका ग्रेट अगेन’ वाक्यांश कुँदिएको छ । अर्को विवरणमा भने फोनको सुनौलो रङ्गको धातुको खोलमा अमेरिकी झण्डा कुँदिएको देखाइएको छ ।

यो घोषणासँगै विभिन्न प्लेटफर्ममा तीव्र आलोचना र टीकाटिप्पणी पनि सुरु भएका छन्, विशेषगरी यसको मूल्य र सम्भावित गोपनीयताका विषयमा ।

धेरै प्रयोगकर्ताहरूले ४७.४५ डलरको मासिक शुल्कलाई अत्यधिक महँगो बताएका छन् । केहीले आफूहरूले हाल अनलिमिटेड प्लानका लागि लगभग त्यसभन्दा आधा मूल्य तिर्ने गरेको टिप्पणी गरेका छन् ।

फोनमा ‘मेक अमेरिका ग्रेट अगेन’ अङ्कित भए पनि धेरैले यो चीनमा बनेको हुने अनुमान गरेका छन् । किन कि कम्पनीको वेबसाइटको पुछारमा यस्तो लेखिएको छ: “ट्रम्प मोबाइल, यसको उत्पादन र सेवाहरू ट्रम्प अर्गनाइजेसन वा त्यससँग सम्बन्धित कुनै पनि सहायक संस्था वा पदाधिकारीहरूद्वारा डिजाइन, विकास, निर्माण, वितरण वा बिक्री गरिएको होइन।”

यद्यपि यो नयाँ मोबाइल सेवा र स्मार्टफोनको घोषणाले प्रविधि बजारमा नयाँ तरङ्ग भने ल्याएको छ । तर यसको व्यावसायिक सफलता र यसमाथिका विवादहरू आगामी दिनमा थप स्पष्ट हुँदै जानेछन् ।

ट्रम्पसँग सम्बन्धित लाइसेन्स सम्झौता र ब्रान्डेड सामग्री बेच्ने अन्य सम्झौताहरूले नैतिकताको प्रश्न समेत उब्जिने गरेका छन् । तर यस्ता सम्झौताहरूले राष्ट्रपति ट्रम्प र उनको परिवारलाई थोरै आर्थिक जोखिममा आफ्नो सम्पत्ति विस्तार गर्ने फाइदाजनक अवसर प्राप्त भइरहेको छ । 

पछिल्लो अध्यावधिक: असार २, २०८२ २०:१३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट