काठमाडौं– स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १५३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको हो ।
आक्रामक सुरुवात गरेको नेदरल्यान्ड्सको त्यसपछि एकपछि अर्को विकेट गुम्दा ठूलो स्कोर बनाउनबाट चुक्यो ।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभरमा कसिलो बलिङ गर्दै उनले १८ रन खर्चिएर महत्त्वपूर्ण तीन विकेट लिएका हुन् ।

यस्तै नन्दन यादवले ३ ओभरमा १९ रन खर्चिएर २ विकेट लिए । ललित राजवंशी र कुशल भुर्तेलले एक/एक विकेट लिए ।
स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा नेदरल्याण्ड्सका लागि तेजा निदमनुरुले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलको सामना गर्दै एक छक्का हिर्काए । यस्तै विक्रमजीत सिंहले ३०, सजीब लुल्फिकरले २५, ओपनर माइकल लेभिटले २०, म्याक्स वडुटले १९ र ज्याक लायन क्याचेले ११ रन बनाए ।
नेदरल्यान्ड्सको यो दोस्रो खेल हो । यसअघि आईतबार भएको पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ