२०८२ असार २ सोमबार
LATEST NEWS
२०८२ असार २ सोमबार

एलन मस्कको नयाँ प्रविधिः बाँदरमा गरिएको परीक्षणले देखायो यस्तो नतिजा

काठमाडौँ । एलन मस्कको कम्पनी न्युरालिङ्कले एक बाँदरको मस्तिष्कमा चिप जडान गरी भौतिक रूपमा अस्तित्वमा नभएको कुरा देखाउन सफल भएको छ । न्युरालिङ्कका इन्जिनियर जोसेफ ओडोहेर्टीले शुक्रबार एक सम्मेलनमा न्युरालिङ्कको यो सफलताबारे खुलाएका हुन् ।

इन्जिनियर जोसेफका अनुसार ‘ब्लाइन्डसाइट’ (Blindsight) नामक न्युरालिङ्कको यो उपकरणले बाँदरको आँखाले देख्ने भागको मस्तिष्कलाई उत्तेजित गरेको थियो । परीक्षणको क्रममा अनुसन्धानकर्ताले बाँदरको मस्तिष्कलाई भ्रममा पारेर कुनै वस्तुको कल्पना गराउन खोजेका थिए । त्यस क्रममा बाँदरले कम्तीमा दुई-तिहाइ पटक आफ्नो आँखा त्यतै घुमाएको थियो ।

‘ब्लाइन्डसाइट’ प्रणालीमा चिपलाई काम गर्न मद्दत गर्नका लागि एक जोडी चस्मा समावेश गर्ने योजना रहेको जोसेफले बताए । “बाँदरको भिजुअल कोर्टेक्स मानिसको तुलनामा मस्तिष्कको सतहको नजिक हुन्छ,” बाँदरमा परीक्षण गर्नुको फाइदाबारे चर्चा गर्दै उनले भने, “यसले गर्दा त्यहाँ पुग्न सजिलो हुन्छ । न्युरालिङ्कले आफ्नो सर्जिकल रोबोट प्रयोग गरेर मानिसको मस्तिष्कको गहिरो भागमा पनि इम्प्लान्ट राख्न सक्छ ।”

यो नतिजा ‘ब्लाइन्डसाइट’ परीक्षणबारे न्युरालिङ्कले सार्वजनिक गरेको पहिलो जानकारी हो । यस चिपले आँखाको कार्यको नक्कल गर्ने बताइएको छ । मस्तिष्क-उपकरण विकासको यो क्षेत्रलाई विश्वभर निकै चासोका साथ हेरिएको छ, किनकि यसले प्रविधिको प्रयोगबाट उपचार गर्न कठिन मानिएका अवस्थामा कसरी निको पार्न सकिन्छ भन्ने सीमाहरूको परीक्षण गरिरहेको छ ।

हुन त जनावरमा गरिएको कुनै पनि अध्ययनको नतिजा मानिसमा कत्तिको लागु हुन्छ भन्ने प्रश्न सधैँ रही रहन्छ । यो उपकरणलाई अमेरिकामा मानव प्रयोगका लागि स्वीकृति दिइएको छैन । कम्पनीका मालिक मस्कका अनुसार ‘ब्लाइन्डसाइट’को लक्ष्य भनकै मानिसलाई देख्न मद्‍दत गर्नु हो । 

त्यति मात्र नभई यसको दीर्घकालीन लक्ष्य भनेकै मानिसलाई इन्फ्रारेड (मानवीय क्षमताभन्दा माथिको दृष्टि) लाइट देख्ने क्षमता प्रदान गर्नु हो । कम्पनीले विगत केही वर्षदेखि बाँदरमा ‘ब्लाइन्डसाइट’को परीक्षण गरिरहेको छ । र यसै वर्ष मानिसमा परीक्षण गर्ने आशा गरिएको मस्कले गत मार्चमा बताएका थिए ।

न्युरालिङ्कले प्यारालाइसिस (पक्षाघात) भएका व्यक्तिलाई कम्प्युटरसँग सोझै सञ्चार गर्न मद्‍दत गर्ने उपकरण पनि जडान गरिरहेको छ । मस्कका अनुसार अहिलेसम्म पाँच जना व्यक्तिमा न्युरालिङ्क इम्प्लान्ट गरिएको छ । जोसेफका अनुसार पाँच जनामध्ये तीन जनामा सन् २०२४ मा र दुई जनामा सन् २०२५ मा जडान गरिएको थियो । केही बिरामीले आफ्नो न्युरालिङ्क उपकरण हप्तामा लगभग ६० घण्टासम्म प्रयोग गरिरहेका छन् ।

भविष्यमा यस्तै प्रविधि प्रयोग गर्ने मस्तिष्क सम्बन्धी उपकरणले प्यारालाइसिस भएका मानिसलाई हिँडडुल गर्न वा चल्न मद्‍दत गर्न सक्ने मस्कले बताउँदै आएका छन् । जोसेफले सम्मेलनमा न्युरालिङ्क इम्प्लान्ट प्रयोग गरेर बाँदरको स्पाइनल कर्ड (मेरुदण्ड) लाई उत्तेजित गरी उसको मांसपेशी चलाइएको एक प्रयोगको चर्चा गरेका थिए ।

पछिल्लो अध्यावधिक: असार २, २०८२ १९:४५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट