२०८२ असार ३ मंगलवार
LATEST NEWS
२०८२ असार ३ मंगलवार

टी–२० सिरिज : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै, किरण र रुपेशको डेब्यू

काठमाडौं– स्कटल्यान्डमा हिजोदेखि सुरु भएको त्रिदेशीय टी–२० आई सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । 

स्टकल्यान्डको ग्लासोमा टस जित्दै नेपालले आफूले फिल्डिङ रोज्दै नेदरल्यान्ड्सलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । नेदरल्यान्ड्सको यो सिरिजमा दोस्रो खेल हो । हिजो भएको पहिलो खेलमा नेदरल्यान्ड्स स्कटल्यान्ड्ससँग पराजित भएको छ । 

टी–२० आईमा यसअघि भएका पाँच भेटमा तीन जित नेदरल्यान्ड्सले निकालेको छ भने दुई मा नेपालले जितेको छ ।  आजको खेल नेपालको टी–२० आई फर्म्य्राटमा एक सयौं खेल पनि हो । नेपालका लागि टी–२० अन्तर्राष्ट्रिमा दुई जना खेलाडीले डेब्यू गर्दैछन् । किरण ठकुन्ना र रुपेश सिंहले डेब्यू गर्दैछन् ।

Ncell 2
Ncell 2

घरेलु क्रिकेटमा जमेका दुवै खेलाडीको प्रदर्शन कस्तो हुनेछ त्यो खेलले नै थाह हुनेछ । यस्तै हार्ड हिटर लोकश बमको पनि प्रतिक्षा सबैलाई रहनेछ । ए टिममा आयरल्यान्ड्स उल्फ विरुद्ध उनले आक्रामक ब्याटिङ गरेका थिए । 

यस्तो छ नेपालको प्लेइङ ११

रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), अनिलकुमार साह (विकेटकिपर), कुशल भुर्तेल, लोकेश बम, किरण ठकुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट