२०८२ असार २ सोमबार
LATEST NEWS
२०८२ असार २ सोमबार

कर्णाली स्टार्टअप फन्ड र बिजिनेस इन्क्युवेसन सेन्टर खुल्ने, बजारीकरणमा पनि सरकारले नै सघाउने

काठमाडौँ । कर्णाली स्टार्टअप फन्ड र बिजिनेस इन्क्युवेसन सेन्टर स्थापना हुने भएको छ । आइतबार चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत कर्णाली प्रदेशको बजेट मार्फत यस्तो कार्यक्रम अघि सारिएको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहले प्रदेशमा नवीन सोच भएका युवालाई लक्षित गरी नयाँ उद्यम विकासको वातावरण निर्माण गर्न यस किसिमको कार्यक्रम ल्याइएको बताए ।

यस्ता उद्योगबाट उत्पादित वस्तु तथा सेवाको गुणस्तर कायम गरी बजारीकरणका लागि सहयोग र सहजीकरणमा समेत प्रदेश सरकारले नै सघाउने उनको भनाई थियो । यसका लागि दुई करोड रुपैयाँ बजेट छुट्याइएको छ । निजी क्षेत्रका रोजगारदाताको सहकार्यमा बजार मागमा आधारित उद्यमशीलता एवम् सीप विकास तालिम कार्यक्रम समेत सञ्चालन गर्ने कार्यक्रम बजेटमा समावेश छ ।

यस्ता तालिमबाट उत्पादित जनशक्तिलाई प्रदेशभित्रै रोजगारीको वातावरण सृजना गरिनेछ । यो कार्यक्रमका लागि ३ करोड ७३ लाख रुपैयाँ बजेट छुट्याइएको छ । त्यस्तै प्रदेश सरकारले लगानीकर्ताहरूलाई प्रदेशमा रहेका लगानीका सम्भाव्य क्षेत्रबारे जानकारी प्रदान गरी लगानी निर्णय गर्न सघाउ पुर्‍याउन कर्णाली प्रदेश लगानी पोर्टल समेत विकास गर्नेछ ।

साथै प्रदेशमा लगानी योग्य परियोजना विकास तथा अन्य आवश्यक पूर्व तयारी सहित आगामी आर्थिक वर्ष कर्णाली लगानी सम्मेलनको आयोजना गरिनेछ । 

 

पछिल्लो अध्यावधिक: असार २, २०८२ १७:६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट