२०८२ असार ३ मंगलवार
LATEST NEWS
२०८२ असार ३ मंगलवार

साइबर अपराधको आरोपमा पक्राउ पुर्जी जारी भएपछि सञ्चारकर्मी पाठक उच्च अदालत पुगे

काठमाडौँ । साइबर अपराधको आरोपमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि सञ्चारकर्मी दिलभूषण पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा रिट निवेदन दिएका छन् । आइतबार निषेधाज्ञा निवेदन दर्ता गराउँदै उनले आफूलाई पक्राउ नगर्न आदेशको माग गरेका छन् । 

गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाइएको निवेदनमा सुनुवाइका लागि सोमबार न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पेशी तोकिएको छ ।

पाठकले सञ्चालन गर्दै आएको युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट सार्वजनिक गरिएको थियो ।

उक्त सामग्रीमा देउवा पुत्रले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको छ । रिपोर्ट ‘कपोलकल्पित, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले तयार पारिएको’ भन्दै साइबर अपराध अन्तर्गत उजुरी परेको हो ।

उक्त उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउन काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको हो । यता पाठक भने सो समाचार सार्वजनिक भएयता सार्वजनिक रूपमा देखिएका छैनन् ।

पछिल्लो अध्यावधिक: असार २, २०८२ १३:३४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट