२०८२ भाद्र १३ शुक्रबार
LATEST NEWS
२०८२ भाद्र १३ शुक्रबार

शहिद, वेपत्ता परिवार र घाइते योद्धाहरु पार्टीका लागि शक्तिका स्रोत हुन् : प्रवक्ता सापकोटा

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरु आफ्नो पार्टीका लागि शक्तिको स्रोत रहेको बताएका छन्।

सोमबार शहिद रितबहादुर खड्का ‘प्रताप’ को १३औं स्मृति कार्यक्रममा बोल्दै उनले विभिन्न अभियानमा जाँदा शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई उर्जाको रुपमा लिएको बताएका हुन्।

उनले भने, ‘फागुन १२ देखि हुलाकी मार्ग केन्द्रित अभियानमा गयौं र त्यसैगरी लोकमार्ग केन्द्रित अभियान पोखरामा समापना गरेका छौ। यी अभियानका लागि शक्तिको स्रोत जनता नै हुन्। त्यसमा पनि शीर्ष स्थानमा शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई राख्यौं। उहाँहरुको वेदनाहरु सविस्तार सुन्यौ। उहाँहरुलाई सुन्दा हामी संवेदनशील भयौं।’

प्रवक्ता सापकोटाले अभियानका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वेपत्ता भएकालाई पनि शहिद घोषणा गरिने भनेर दिनुभएको अभिव्यक्तिले वेपत्ता परिवारका सदस्यमा चमक आएको बताए।

‘वेपत्ता परिवारमा महिलाहरुले व्यक्त्त गरेको कुरा सुन्दा मर्माहित भयाैं। आफ्नो श्रीमान साँझतिर आउनुहुन्छ की बिहान आउनुहुन्छ की भन्ने लागिरहेको अनुभव सुनाउनुहुन्छ। सोही क्रममा अध्यक्षले वेपत्ता भएका व्यक्तिलाई पनि शहिद नै हो भन्ने अभिव्यक्ति दिनुएकाले उहाँहरुमा चमक देखियो। त्यो नै सबैभन्दा ठुलो उर्जाको विषय हो,’ उनले भने।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अभियानले नागरिकमा उत्साह बढेको भन्दै अहिलेको सरकारले जनताका असन्तुष्टि पैदा गरेको बताए।

‘अहिलेको सरकार भ्रष्ट र निरङकुश छ। जसले देशमा आजको आवश्यकता पूरा गर्ने कुरा छाडौं देशलाई संकटको दिशातिर धकेलिरहेको छ। यसैको जगमा टेकेर गरेका गलन कामले जनताका असन्तुष्टि बढेको छ। त्यस कारणल प्रतिगामी शक्तिहरु सल्वलाइरहेका छन्,’ उनले भने।


सामाग्री श्रोत :

शहिद, वेपत्ता परिवार र घाइते योद्धाहरु पार्टीका लागि शक्तिका स्रोत हुन् : प्रवक्ता सापकोटा

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट